म’रि’स’केकी छोरी जसको अन्तिम संस्कार पनि बाबु आमाले गरिसकेका थिए त्यही छोरीलाई अचानक आफ्नै आगाडी देख्दा

एजेन्सी । सन् २०११ मा भारतको गोरखपुर शिखा दुबे न’र सं हारले जिल्लामा हलचल भयो । जसलाई सबैले मृत्यु भइसकेको सम्झेका थिए उनी आफ्नो प्रेमीसंग थिइन् । गोरखपुरमा उनका बुबाले अर्की महिलाको शवलाई छोरीको भनेर अन्तिम संस्कार पनि गरे । तर एक दिन जब शिखा अगाडि आइन्, बुबा राम प्रकाश दुबेले उनलाई देखेर रोए र उनको गाला छुने कोशिस गरे । तर उनले भने छोरी जिवत त रैछ तर मेरो लागि भने जिवित छैन ।

शिखाले आफ्नो मृ’त्युको यो’जना यसरी बनाएकी थिईन्
यो ११ जुन २०११ को हो। गोरखपुर सिंघाडियामा एक युवतीको शव भेटियो। उनको उचाई र उमेरले शिखासंग मिल्थ्यो । शिखाको बुवालाई बोलाइयो, परिवारका सदस्यहरु, आफन्तहरु पनि भेला भए, सबैले विश्वास गरे कि शरीर शिखाको हो। यस बखत बुबा राम प्रकाश दुबेले छिमेकीलाई घटनामा जिम्मेवार ठानेर प्रहरीमा उजुरी दिएका थिए ।

जब प्रहरीले अनुसन्धान गर्न पुगे, थाहा पाए कि उनका छिमेकी दीपु पनि घरबाट हराइरहेको छन् । अनुसन्धानको क्रममा पुलिसले खबर पाए दीपू सोनभद्रमा छन् । सोनभद्र पुग्ने बित्तिकै पुलिसले अर्को अचम्मको दृष्य देख्यो । दीपुसंगै अन्तिम संस्कार गरीसकेकी शिखा पनि संगै थिइन् ।
प्रहरीले दुबैलाई पक्राउ गरी गोरखपुर ल्यायो।

यहाँ आएर शिखाले यस्तो कथा सुनाई कि पुलिस समेत छक्क परे। उनले छिमेकी दीपू यादव (२६) लाई प्रेम गर्थिन । तर उनलाई परिवारले आफ्नो प्रेम स्वीकार गर्छन भन्ने लागेन । त्यही भएर उनीहरुले एउटा योजना बनाए । दुबैले निर्णय गरे कि शिखा जस्तै उचाई भएकी एक युवतीको खोजी गर्ने र उनलाई सि ध्या इदिने त्यसलाई शिखाको पहिचान दिने ।

दीपूको साथी सुग्रीव ३५ वर्षका पनि यस योजनामा सामेल भए । जो एक यातायात व्यवसायी थिए। उहाँ प्रायः सोनभद्र जिल्ला भ्रमण गर्थे । उनले एक जना पुजा भन्ने युवतीलाई चिन्थे । जसको उचाई र शरिरको बनोट शिखासंग मिल्थ्यो ।

दीपू र सुग्रीवले उनलाई ३ हजार रुपैयाँको रोजगारीको बहानामा पुजालाई गोरखपुर ल्याए। जंगलमा पुगेपटि पुजालाई दिपाले घरवाट हिड्दा लगाएको लुगा लगाउन दिइयो । शिखाले लगाउने माला पनि लगाइदिए । अनि उनलाई मा रि दिए । पुजाको अनुहार पहिचान गर्न नसकिने बनाईदिए ।

कपडा र शरिरको वनोटको आधारमा शिखाको वुवाले पुजाको शवलाई आफ्नो छोरीको हो भन्ने ठानेर अन्तिम संस्कार गरे । शिखा र दिपु दुवैलाई अदालतले दुबैलाई जमानतमा रिहा गरियो र जे लबाट बाहिर आएपछि दुबै छुट्टै विवाह गरेर अर्कै संसारमा बसोबास गरे। अहिले अदालतमा मु द्दा भने चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस