“द कपिल शर्मा शो” का यि कलाकारहरुले प्रत्येक इपिसोडको कति पारिश्रमीक लिन्छन् त ?

गोर्खाली खवर, एजेन्सी, १ वैशाख । सोनी टिभीवाट प्रशारण हुने द कपिल शर्मा शो टिभीको दुनियामा सवै भन्दा पपुलर कमेडी शो हो । उक्त शो दुनियाँ भरिका मानिसहरु हेर्न मनपराउँछन् । शो मा ठुला ठुला कलाकारहरुले परफर्मेन्स गरि दर्शकहरुलाई मनोरन्जन प्रदान गर्दछन् । तर तपाईलाई थाहा छ, उनिहरुले एक इपिसोडको कति पारिश्रमीक लिन्छन् भनेर । आज हामी त्यसैको वारेमा चर्चा गर्ने छौं ।

कपिल शर्मा ः होस्ट र पपुलर सिरियल्समा आफ्नो कमेडीवाट सवैलाई हँसाउने कपिल शर्मा आज देशका कमेडि किंग हुन् । अव किंगको पारिश्रमीक पनि धेरै नै छ । कपिलले अहिले सम्मको शो मा हरेक शो को ३० लाख देखि ३५ लाखसम्म पारिश्रमीक लिने गर्दथे । तर अव उनको अपकमिङ्ग सिजनमा उनले लिने पारिश्रमीक वढाएर ५० लाख पर इपिसोड पुर्याएका छन् ।

अर्चना पूरण सिंह ः यदि कपिल शर्मा अहिलेको कमेडि किंग हो भने अर्चना पूरुण सिंह कमेडि क्विन हुन् । शो मा उनि सवै भन्दा ठूलो पोष्टमा छिन् र उनले नवजोत सिंह सिद्धूलाई प्रतिस्थापन गरेकी थिईन् । उनि हरेक इपिसोडको १० लाख लिन्छिन् ।

कृष्णा अभिषेक ः आफ्नो कमेडी र अपोजिट जेन्डरको रोल प्ले गर्ने कृष्णाले खुव नाम कमाएका छन् । उनले जैकी श्राफ, अनिल कपूर र अमिताभ वच्चन जस्ता सुपरस्टार्स् को मिमिक्री गर्न सक्छन् । उनले हरेक इपिसोडको १० देखि १२ लाख लिन्छन् ।

किकु शारदा ः किकु शारदाले लामो समय देखि हँसाउने काम गरिरहेका छन् । उनले हरेक इपिसोडको लागि ५ लाख लिने गर्छन् । उनले पनि फ्यान्स् लाई कमेडि गरेर अलग्गै उत्साह भरि दिन्छन् ।

भारती सिंह ः भारती ंिसह कमेडिको दुनियामा एक चर्चित नाम हो । उनि शो मा तितली तथा कम्मो वुआको रोलमा कमेडि गर्छिन् । उनले हरेक शो को १० देखि १२ लाख पाउँछिन् ।

चन्दन प्रभाकर ः शो मा चिया वेचेर सवैलाई हँसाउने कला चन्दन प्रभाकरको चन्दु भन्ने क्यारेक्टरमा मात्र छ । उनि आफैले आफ्नो वेइज्जत गराएर दर्शकमाझ वाहवाही लुट्छन् । उनले प्रत्येक इपिसोडको ७ लाख लिन्छन् ।

सुमोना चक्रवर्ती ः सुमोना चक्रवर्ती ति युवति हुन जसको मजाक सवै भन्दा वढी कपिल शर्माले उडाउँछन् । जवकी यहि कारणले फेमिनिज्म विचारधारको व्यक्तिद्वारा शो लाई ट्रोल पनि गरिएको थियो । तैपनि दर्शकले कपिल र सुमोनाको नोकझोकको धेरै रमाइलो उठाउने गर्छन् । सुमोनाले हरेक इपिसोडको ६ देखि ७ लाख सम्म पाउने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस