धेरै सफलता हात पारेकी दिपिकालाई यी समस्याले गर्दा निकै ग’लायो

दीपिका पादुकोण जन्म ५ जनवरी १९८६) एक भारतीय अभिनेत्री एवं मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभिनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन्। उनले आफ्नो जीवनयात्रा बलिउडमा स्थापित गरिसकेकी छिन् र हालसम्म दुई फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन्।

पादुकोण, ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन। उनको जन्म कोपनहेगनमा भएको हो र हुर्काई बेङ्गलोरमा भएको हो। बाल्यवस्थामा उनले राष्ट्रियस्तरको ब्याडमिन्टन च्याम्पियनसिप खेलेकी छन् तर फेसन मोडल बन्नका लागि उनले ब्याडमिन्टन खेल छाडेकी थिइन्। मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी उनले चाँडै चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन्। सन् २००६ मा कन्नड चलचित्र ऐश्वर्यमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन्। पादुकोण त्यसपछि दोहोरो भूमिकामा उनको पहिलो बलिउड ब्लकबस्टर सन् २००७ मा प्रदर्शित ओम शान्ति ओमबाट गरिन् जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो। पादुकोणद्वारा अभिनित लभ आज कल (२००९) र लफङ्गे परिन्दे (२०१०) चलचित्रमा गरिएको दमदार अभिनयको लागि उनले निकै चर्चा कमाइन्। साथै त्यसै समयमा उनीद्वारा अभिनित बच्ना ए हसिनो (२००८) र हाँस्य चलचित्र हाउसफुल (२०१०) चलचित्रले नकारात्मक समीक्षा पाएको थियो।

सन् २०१२ मा प्रदर्शित बक्स अफिस हिट ककटेल चलचित्रले उनको अभिनय यात्रामा आयाम त थप्यो नै उनको अभिनयलाई सम्मान प्रदान गर्दै विभिन्न पुरस्कार समारोहमा उत्कृष्ट अभिनेत्रीको लागि नामाङ्कन समेत गराएको थियो। त्यसपछि उनी ये जवानी है दीवानी (२०१३), चेन्नई एक्सप्रेस (२०१३) र ह्याप्पी न्यू इयर (२०१४) जस्ता हाँस्य चलचित्र जुन सबैभन्दा बढी कमाइ गर्ने बलिउड चलचित्र रहेका थिए त्यस्ता चलचित्रमा मुख्य महिला पात्रको अभिनय गरेर बलिउडमा आफ्नो स्थान जमाइन्। उनले सन् २०१३ मा गोलियों की रा’सली’ला राम-लीला नामक चलचित्रमा दमदार अभिनय गरेर फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार जितेकी थिइन्।

अभिनय क्षेत्र बहेक पादुकोण रङ्गमञ्चमा भाग लिने गरेकी छिन् साथै उनले एक भारतीय पत्रिकाको लागि लेख समेत लेखिसकेकी छिन्। यस बाहेक उनले विभिन्न ब्रान्ड र उत्पादनको लागि स्थायी रूपमा विज्ञापन गर्ने गरेकी छिन्। महिलाको हक तथा अधिकारको लागि पनि उनले बेला बखत आवाज उठाउने गरेकी छिन्।

यति सफलता हासिल गरेकी दिपिकालाई यिनै कुराले भने निकै वि’वादित बनाएको थियो । अभिनेत्री दीपीका पादुकोण सुशुान्त सिंह राजपुतसंग जोडिएको ड्र’ ग्स के’समा मात्र नभई अन्य थुप्रै के’समाहरुमा उनको नाम जोडिएर उनी वि’बा’दमा पर्दै आएकी छिन् । पछिल्लो समय फिल्म ‘छ’पाक’ रिलीज भएको समयमा उनी जवाहर लाल नेहरु विश्वविद्यालयमा आ’न्दोल’नरत छात्राहरुसँग देखिइन् ।

उक्त कुरा फिल्म प्रमोशनसँग जोडियो । वि’रोध गरिरहेका छात्राहरुसँग एकसाथ देखिएकी दीपिकालाई बीजेपीका नेता तजेन्द्रपाल बग्गासहित थुप्रै संगठनले दीपिकाको वि’रोध गर्दै उनको फिल्म ब’हिस्कारको आ’न्दोलन नै चलाए ।

यस्तै, सन् २०१७ मा रिलीज भएको फिल्म ‘पद्मावत’ को रिलीज हुनुभन्दा अगाडि देशमा फिल्मविरुद्ध धेरै वि’रोध प्रदर्शन भयो । क’रणी सेनाले फिल्मको नामले इतिहासलाई तो’डमो’ड गरेको भन्दै वि’रोध गरेको थियो । गुजरातमा कांग्रेसका सहयोगी हार्दिक पटेल र अल्पेश ठाकोरले फिल्मको खुलेर वि’रोध गरे । केही सिनेमाघर समेत तो’डफो’ड गरियो ।

सन् २०१५ मा रिलीज भएको फिल्म ‘बाजीराव–म’स्तानी’ पनि निकै वि’वादित बन्यो । दीपिका पादुकोण, प्रियंका चोपडा र रणवीर सिंहको मुख्य भूमिका रहेको यो फिल्मले रानी मस्तानीको बंशजको बारेमा इतिहासलाई तो’डमो’ड गरेको आ’रोप लागेको थियो । ऐतिहासिक तथ्यसँगै फिल्ममा म’स्तानीलाई पूरै सभाको अगाडि नाचेको कुरालाई लिएर वि’रोध भयो ।

दीपिकाको अर्को फिल्म पनि उत्तिकै वि’वादमा फसेको थियो । उक्त फिल्म सन् २०१५ मा रिलीज भएको ‘तमाशा’ हो । उक्त फिल्मको दौरान पनि निकै वि’वादमा आएकी दीपिकाले आफूलाई डि प्रे’शन भएको खुलासा गरिन् । त्यसपछि उनले ‘लिभ लभ लाफ’ नाम संस्था खोलिन् । उनको सन् २०१३ मा रिलीज भएको फिल्म ‘गो’लियों की रास ली’ला–रामलीला’ पनि वि’वादित भयो । यो फिल्मको पनि नामलाई लिएर निकै वि’वाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस