कोरोना कहरको विच “रामायण” रि–टेलिकास्ट हुँदै !!! अनस्क्रिन सीता खुशीले गदगद

गोर्खाली खवर,

एजेन्सी, ३ वैशाख । अघिल्लो वर्ष देशमा कोरोनाको कारण लकडाउन भएको थियो । त्यो वेला मानिसहरु कतै वाहिर जान पाएन र हेर्ने पनि खासै केही भएन । मानिसलाई घरैमा टाइमपास गर्न रामानन्द सागरको महाकृति “रामायण” सानो पर्दामा प्रशारण भएको थियो ।

यो साल पनि कोरोनाले गर्दा स्थिति खासै परिवर्तन भएको छैन । देशमा नाईट कफ्र्यूको स्थित नै छ । खाली लकडाउन घोषणा गर्न मात्र वाँकी छ ।

यसै विच एकचोटी फेरी कफ्र्यू र लकडाउनको स्थितिमा रामायण छोटो पर्दामा रि–टेलिकास्ट हुन गइरहेको छ । अघिल्लो वर्ष दुरदर्शन च्यानलमा ३३ वर्ष पछि रामायणको प्रशारण भएको थियो ।

रामायणमा सीताको भुमिका निभाउने एक्ट्रेस दीपिका चिखलिया टोपीवालले सोशल मिडिया मार्फत रामायण एकचोटी फेरी सानो पर्दामा प्रशारण हुने जानकारी दिएकि छिन् । उनले यो खवरवाट आफु साह्रै खुशीको साथै उत्साहित भएको जनाएकी छिन् । उनले यो शो केवल मेरो जिवनको होइन की सवै हजारौं परिवारको हिस्सा भएको सावित भएको पनि वताएकी छिन् ।

उनले रामायणको ज्ञान सवैलाई साझा गरि आफ्नो समुदायको एक हिस्सा वनाउन र आउने पिंढीलाई ज्ञान वाँढ्न पनि आग्रह गरेकी छिन् । तपाईहरुको जानकारीको लागि रामायण पहिलो चोटी १९८७ मा प्रशारण भएको थियो । त्यो वेला रामायण ज्यादै लोकप्रिय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस