सिङ्गर तथा एक्ट्रेस जेनिफर लोपेज र बेसवल खेलाडी एलेक्स रोड्रिगेजले आफ्नो विवाह तोडे !!

गोर्खाली खवर,

एजेन्सी, ३ वैशाख । सिङ्गर जेनिफर लोपेज र बेसवल स्टार एलेक्स रोड्रिगेजको सम्वन्धमा केही दिन अगाडीवाट समस्या आईरहेको थियो । यसै विच उनिहरुले आफ्नो सम्वन्धलाई एकचोटी मौका दिन चाहिरहेका थिए तर अव आएर उनिहरु दुवैले आफ्नो सगाई तोडेका छन् । दुवैले अफिसियल रुपमा आफ्नो सम्वन्ध छुटेको एनाउन्समेन्ट गरेका छन् ।

जेनिफर र एलेक्सले ज्वाइन्ट स्टेटमेन्ट जारी गर्दै सम्वन्ध तोडेको वताएका छन् । स्टेटमेन्टमा हामीले हामी धेरै राम्रो साथीको रुपमा रहन चाहन्छौं । हामी सँगै काम गर्न तयार रहेको र आफ्नो विजनेस तथा वाँकी प्रोजेक्टमा पुरा सर्पोट गर्दछौं ।

अगाडी लेखेको छ कि हामी चाहन्छौं की हाम्रो दुवै वच्चाहरु खुशी रहुन । जसले हामीलाई माया दिए र सपोर्ट गरे उनिहरु सवैलाई धन्यवाद भनिएको छ । दुवैको अलग हुने फैसलावाट फ्यान्स् शक्ड भएका छन् । दुवैले सवैको दिल तोडेका छन् ।

जानकारीको लागि यी दुवैका पहिलो विवाहवाट दुई, दुई वच्चाहरु भएको र ति वच्चाहरुले उनिहरुलाई सँगै राख्न कोशिस गरेका थिए तर सोचेको जस्तो हुन सकेन ।

केही समय पहिले एलेक्सको म्याडिसन लेक्रायको साथ नाम आएको र उनिहरुले जेनिफरलाई चिट गरिरहेको कुरा अगाडी आएको थियो । उनिहरुको सम्वन्धलाई लिएर जेनिफरलाई समस्या भएको कुरा पनि आएको थियो । हुनत एक इन्टरभ्यूमा एलेक्सले यो सवै खवर गलत भएको वताएका थिए ।

प्रतिक्रिया दिनुहोस