पानको पातले एकै रातमा खोल्नसक्छ तपाईको भाग्यको ढोका, यसरी गर्नुहोस् प्रयोग

हिन्दुशास्त्रका अनुसार पानको पातलाई निकै शुभ मानिने गरिन्छ। कुनै पनि प्रकारका शुभ काम गर्नुभन्दा पहिले पुजापाठको समयमा पानको पातको प्रयोग गरिन्छ।

पानको पातबाट केही उपाय अप्नाउनुभयो भने तपाईले सुख, शान्ति र समृद्धि प्राप्त गर्न सक्नुहुन्छ। आज हामी तपाईलाई पानको पातबाट कसरी सुख, समृद्धि प्राप्त गर्ने भन्ने बारेमा जानकारी दिदैछौँ।

१) मंगलबार वा शनिबार भगवान हनुमानलाई पानको बिडा चढाउँदा लामो समयसम्म रोकिएका काम बन्ने गर्दछन्। बिडा चढाउनुको तात्पर्य हनुमानले आफ्नो बिडा उठाउन भन्ने हो। ध्यान दिनुहोस् उक्त पानमा खयर, सौंफ, गुलकंद र नरिवल राख्नुहोस्। पानमा सुना वा सुपारी राख्ने गल्ती नगर्नुहोस्।

यो पनि पढ्नुहोस
धनकी देवी लक्ष्मीका अति प्रिय हुन्छन् यी महिनामा जन्मिएका स्त्री,…

तपाईलाई कहिलै ऋणले पिछा छोडेन् ? यी उपायबाट पाउनुहोस् छुटकारा

२) यदी तपाईको कुनै काम लामो समयदेखि अड्किएको छ लाखौँ प्रयास गर्दा पनि पुरा हुन सकेको छैन भने आइतबार त्यो काम गर्न निस्किनुहोस्। घरबाट निस्किदा पानको पात आफ्नो खल्तीमा राख्नुहोस्। यसो गर्नु शुभ मानिने गरिन्छ। यो उपायले तपाईको काम बन्ने गर्दछ।

३) पानमा लड्डु राखेर गणेश भगवानलाई अर्पित गर्दा जीवनको सार कष्ट हट्ने गर्दछ। यस बाहेक पानको पातलाई घरको द्वारमा लगाउँदा पनि घरमा नकारात्मक उर्जा नष्ट हुने विश्वास छ। घरमा राखेको पातको पातलाई हरेक दिन परिवर्तन गर्नु पर्दछ।

४) घरमा कसैको नजर लागेको छ भने पानको पातमा गुलाव पत्ता राखेर उसलाई खुवाउनुहोस्। यसो गर्दा नजर दोष समाप्त हुने गर्दछ।

५) यदी तपाईको व्यापारमा कारोबार ठप्प भएको छ भने पानको पातको दान गर्दा सबै समस्या हट्नेछ। यस उपाय बुधबार अप्नाउदा शुभ मानिन्छ।

प्रतिक्रिया दिनुहोस