नेपालमा आज एकैदिन २३५१ जनालाई कोरोना पुष्टि काम नपरी बाहिर ननिस्कन आग्रह

नेपालमा आज एकैदिन २३५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २२२० जनामा पिसिआर बिधिबाट र १३१ जनाको एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो ।

मन्त्रलायका प्रबक्ता जागेश्वर गातामका अनुसार आज नेपालमा ८८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टि जेन परिक्षण गरिएको छ ।त्यस्तै काठमान्डौ मा आज १०५१ जनालाई कोरोना पुष्टि भएको छ ।आज भक्तपुरमा ८४ जना ललितपुरमा १८१ जना र काठमान्डौ मा ७८६ जना गरि काठमाडौं उपत्यकामा १०५१ जनामा कोरोना पुष्टि भएको छ ।

यता विश्वभर फै’लिँदै गएको नयाँ भेरियन्टको कोभिड–१९ (को’रोनाभाइरस) को सं’क्रमण नेपाल बढ्दै गएपछि सरकारले जारी गरेको नयाँ आदेश राजपत्रमा प्रकाशित भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि संक्रमक रो’ग ऐ’न, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नयाँ आ’देश जारी गरेको हो ।

त्यस्तै उता बाँकेमा नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि लकडाउन घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बांकेले एक सूचना जारी गर्दै आज रातिदेखि लागु हुने गरी लकडाउनको घोषणा गरेको हो ।

जारी सूचना अनुसार बाँकेमा मात्र हालसम्म ७ सय ३५ जना सक्रिय संक्रमित पुगिसकेको र बिरामीले अस्पतालमा पनि बेड भरिभराउ भएको अवस्थालाई गम्भिरतापूर्वक लिँदै जिल्ला कोभिड १९ संकट व्यस्थापन समितिको बैठकले आज रातिदेखि बैशाख १५ गते राती १२ बजेसम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएको थियो ।

डिसीसीएमसीको उक्त सिफारिस अनुसार लकडाउन घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन् । लकडाउनको समयमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन वाहेक अन्य सबै प्रकारका सेवा बैंक तथा बित्तिय संस्था, सवारी साधन, पसल सञ्चालन र अत्यावश्यक काम वाहेकको हिडडुलमा निषेध गर्ने गरी आदेस जारी गरिएको सूचनामा जनाइएको छ ।

सूचनामा लकडाउनमा स्वास्थ्य, शान्ति सुरक्षा, विधुत, दुरसंचार, खानेपानी, फोहरमैला, ग्यास, तरकारी दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम जस्ता अत्यावश्यक सेवाहरु सञ्चालन गर्न पाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस