जहाज भित्र एक वालक माथि चिया पोखिंदा एयरलाइन्स् लाई केस !! अव उक्त वालकले लाखौं रुपैयाँ पाउने ।

गोर्खाली खवर,

एजेन्सी, ९ वैशाख । तपाईले कहिले यस्तो सोच्नु भएको छ, एक व्यक्ति माथी प्लेन भित्र चिया पोखिन्छ र यसको हर्जना स्वरुप उसले लाखौं रुपैयाँ प्राप्त गर्छ, इन्ट्रेस्टिङ्ग छ नि होईन ? तर यो साँचो घटना हो ।

आयसल्याण्डमा वस्ने एक वालक माथि चार साल पहिले एक फ्लाइटमा उक्त घटना घटेको थियो । यस पछि उक्त वालकको आमाले एयरलाइन्सलाई केस गर्छिन् । अहिले कोर्टले यो सम्वन्धि फैसला सुनाई दिएको छ । कोर्टले एयरलाईन्सलाई उक्त वालकलाई ५८ लाख रुपैया क्षतिपुर्ति दिन आदेश दिएको छ ।

रिपोर्ट अनुसार आयरल्याण्डमा वस्ने वालक एमरे कराक्याको साथ डुवलिनवाट इस्तानवुल जाने फ्लाईटमा यस्तो दुर्घटना भएको थियो । एमरेले क्याविन क्रु को एक सदस्यले उनको खुट्टामा तातो चिया पोखाईदिएको दावि गरेका थिए । चिया यति तातो थियो कि उनको खुट्टामा दाग लागेको थियो । त्यो वेला उक्त वालक जम्मा १३ वर्षका थिए ।

एमरेको आमाले कोर्टमा भनिन् कि यस घटना पछि छोराको हालत एकदम गम्भिर थियो । उसलाई प्लाष्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जन कहाँ पनि लानु पर्यो । उक्त केसमा प्रतिकृया दिँदै हाईकोर्टको जजले एयरलाइन्सलाई एमरेको इन्जुरीको लागि ५८ लाख रुपैयाँ क्षतिपुर्ति दिनु पर्ने आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस