गोर्खाली खवर,
एजेन्सी, १० वैशाख । ऐश्वर्या राय वच्चन र अभिषेक वच्चनको विवाह भएको १४ वर्ष भईसकेको छ । उनिहरुको विवाह २० एप्रिल २००७ मा भएको थियो । यही खास अवसरमा एक्ट्रेसले एक स्क्रिनसट शेयर गरेकी छिन् । जसमा उनि आफ्नो छोरी आराध्या र अभिषेकसँग भिडियो कल गरिरहेको देख्न सकिन्छ ।
ऐश्वर्याले आफ्नो इन्स्टाग्राममा एक फोटो पनि शेयर गरेकी छिन् । फोटोमा आफ्नो छोरी आराध्यालाई अंगालो हालेकी छिन् । त्यही अभिषेक उनिहरुलाई देखेर हाँसी राखेको छ । ऐश्वर्याको पछाडी धेरै फुलहरु पनि देख्न सकिन्छ । उनको यो फोटो ज्यादै भाईरल भईरहेको छ । उक्त तस्विरमा फ्यानहरुले हार्दिक शुभकामना पनि दिएका छन् ।
एक युजरले तपाई ज्यादै सुन्दरी महिला र आमा हुनुहुन्छ भनेका छन् । अभिषेक वच्चनले एक ट्विट वाट हाम्रो वेडिङ्ग एनिभर्सरीमा शुभकामना दिनुहुने सवै सुभ चिन्तकहरुमा धेरै धेरै धन्यवाद, कृपया तपाईहरु सुरक्षित रहनुहोस्, मास्क लगाउनु होस् र यदि सम्भव भए वाहिर ननिस्कनुहोस् भनेका छन् ।
तपाईहरुको जानकारीको लागि अभिषेक वच्चन र ऐश्वया रायको फिल्म “गुरु” को सेटमा प्रेम भएको थियो । २०१७ मा उनिहरुले विवाह गरे । उनिहरुको एउट छोरी पनि छिन् । उनिहरु वलिउडको वेस्ट कपल्स् हुन् ।
कामको कुरा गर्ने हो भने अभिषेक वच्चनको “दसवी” भन्ने फिल्ममा चाँडै नै आउँदै छ भने “बब विश्वास” भन्ने फिल्मको सुटिङ्ग भर्खरै सकेका छन् । ऐश्वर्या राय वच्चन चाँडै नै मणिरत्नमको फिल्म “पोनियिन सेलवन” मा देखिँदैछिन् ।