१२ बर्षकी पवित्रा विक पोखरामा हजुरआमासंग बस्दै आएकी छन् । जन्मजात २ वटा हात नभएकी उनी खुट्टाले खाने लेख्ने गर्छिन् । उनको घरपरिवारले धेरै सहयोग गरिरहेका छन् । उनको लागि उनकी आमा विदेश गएकी छन् भने बा दिनरात नभनी यहि सवारी चलाएर उनको बारेमा सोचीरहेका छन् ।
उनका बा म्याग्दीमा गाडी चलाउनछन् । तर पोखरा आउदा पवित्रास.गै बस्छन् । पवित्रालाई साथीभाईसंग खेल्न रमाइलो गर्न मन पर्छ । स्कुलमा आयोजना हुने कार्यक्रममा भाग लिन पनि मन पर्छ तर हात नभएकाले शरीर हुत्तिएर लडिने भएकाले उनले प्रतियोगिताहरुमा भाग लिएकी छैनन् ।
उनलाई अरु साथीजस्तै हातले लेख्ने मन छ र आफ्नै हातले आफ्नो कपाल कोर्ने कपडा लगाउने मन छ । कसैले सहयोग गर्दिए म पनि अरु साथी जस्तै हुन्थे हो है भनेर उनले हामीलाई प्रतिप्रश्न गर्दा मेरो मन भक्कानियो । हेर्नुहोस तिनै पवित्रासंग गरिएको यो कुराकानी ।