अमेरिकाद्वारा आफ्ना नागरिकलाई तुरुन्त भारत छोड्न आग्रह

एजेन्सी । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरूलाई चाँडो भारत छोड्न आग्रह गरेको छ।अमेरिकाले भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको कारण चिकित्सा सुविधा अपर्याप्त भएको जनाएको छ। अमेरिकाले लेभल ट्राभल स्वास्थ्य सूचना जारी गरेको छ।

अमेरिकी राष्ट्रपति जो बिडेनले भारतलाई कोरोना स ंकटलाई विभिन्न तहमा समाधान गर्न सहयोग पुर्‍याउने घोषणा गरेका छन् । यसपछि अमेरिकी विदेश विभागले ट्राभल स्वास्थ्य चेतावनी जारी गरेको हो ।

भारतमा कोरोनाका केसहरू र यसका कारण हुने मृत्युले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ। त्यहाँ कोभिड परीक्षण सुविधाहरू पनि सीमित छन्। अस्पतालहरुमा चिकित्सा आपूर्ति गर्न सकस भइरहेको छ ।

नयाँ बिरामीहरूको लागि अस्पतालमा वेड खालि नभएको जनाइएको छ। अमेरिकाले भारतमा कोभिडको बढ्दो घटनाका कारण चिकित्सा सुविधाहरू ध्वस्त भएको बताएको छ ।

अमेरिकी नागरिकहरूलाई भारतबाट आउने उडानबाट सीधा आउन भनिएको छ।

प्रतिक्रिया दिनुहोस