अपत्यारिलो संग घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो

काठमाडौँ – आज साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ ।

यो पनि पढ्नु होस् :-हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ । गएको आइतबार चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो । यो पनि पढ्नुहोस्: यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर- काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यो पनि पढ्नु होस् :-त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५५ पैसा रहेको छ । अस्ट्रेलियन लडर एकको खरिददर ९२ रुपैयाँ र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा कायम भएको छ । क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

जापानिज ऐन १० को खरिददर १० रुपैयाँ ८४ पैसा बिक्री दर १० रुपैयाँ ९० पैसा कायम भएको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा कायम भएको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस