भ्याक्सिन लगाउँदा महिलाको स्वास्थ्य बिग्रियो, डाक्टरले बेवास्ता गर्दा अस्पतालको गेटमा मृत्यु

काठमाडौं। कोरोनाभाइरसको भयावह संक्रमणका बीच गरिब तथा निम्न वर्गका जनताहरुले निकै ठूलो कष्टको सामना गर्नु परिरहेको छ । कैयौं देशमा स्वास्थ्य संयन्त्रले जनतालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सकिरहेका छैनन् । यस्तै मानवतालाई लज्जित बनाउने घटना भारतको राजस्थानको धौलपुर जिल्लामा भएको छ । जिल्लाको बाडी उपखण्ड राजकीय अस्पतालमा पुलिस र स्वास्थ्यकर्मीको लापरवाहीका कारण एक महिलाको ज्यान गएको छ ।

भारतीय मिडियाका अनुसार रामसिंह कुशवाहकी ५५ वर्षकी पत्नी नत्थोको स्वास्थ्य बिग्रिएपछि उनलाई बाडीको सरकारी अस्पतालमा लगिएको थियो । परिवारका अनुसार एम्बुलेन्स नपाएपछि महिलालाई मोटरर्साकलमा अस्पताल लगिएको थियो तर बाटोमा पुलिसले समात्यो । २ सय रुपैयाँ जरिवाना तिरेर उनीहरुलाई पुलिसले जसोतसो छोडिदियो । महिलालाई बाडीको सरकारी अस्पताल लगियो तर डाक्टरहरुले महिलातिर ध्यान नै दिएनन् । डाक्टरले पर्चीमा कोरोना परीक्षण गराउने लेखिदिएर पठाए ।

परिवारले परीक्षण गराएर फर्किंदासम्म महिलाको अस्पतालको गेटमै कृत्यु भइसकेको थियो । परिवारले डाक्टरहरुलाई बोलाए र कुनै पनि डाक्टरले महिलाको नाडी समेत छामेनन् । डाक्टरले टाढैबाट परिवारलाई महिलाको मृत्यु भएकोले घर लैजान भने । डाक्टरले महिलालाई मृत घोषित गरेपछि त्यहाँ हल्लाखल्ला भयो । घटनाबारे थाहा पाएपछि एसडिएम राधेश्याम मीणा र पुलिस उप अधिक्षक बाबुलाल मीणा घटनास्थल पुग्दा परिवारले भारी विरोध गरे ।

महिलाका आफन्त नवल सिंह कुशवाहका अनुसार १० दिन पहिले महिलाले भ्याक्सिन लगाएकी थिइन् त्यसपछि उनको स्वास्थ्य बिग्रिन सुरु भएको थियो । महिलाको स्वास्थ्य बिग्रिएपछि बसेडीको सरकारी अस्पतालमा भर्ना गरिएको थियो तर बुधधार स्थिति धेरै बिग्रिएपछि बाडीको सरकारी अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस