मौसम पूर्वानुमान : दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौषम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । महा शाखाका अनुसार आज दिउँसो र राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । भने, देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भूभागका केहि र तराईका भूभागका थोरै स्थानहरूमा दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहु रीसहित क्षणिक वर्षाको सम्भावना छ । त्यस्तै, भोलि (आइतबार) दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/ चट्याङ्ग/ हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ। राती प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस