भाई बैनी पाल्न सडकमा मागेर हिड्ने युवती यसरी बनिन् संसारकै उत्कृष्ट मोडल । (हेरौ तस्बिर)

कतिपय मानिसहरुको जिन्दगी सोच्न नसक्ने तरिकाले कायापलट हुन्छ । यसरी सफलता पाउनुमा कतिको आफ्नै संघर्ष जोडिएको हुन्छ भने कतिपयलाई भाग्यले साथ दिएको हुन्छ । यस्तै एक किशोरीको जीवन कायापलट भएको कथा हो रिटा गाभिओलाको । चार वर्षअघि सम्म पनि रिटा गाभिओला सडकमा माग्दै हिड्थिन ।

उनि १३ वर्षकी हुँदासम्म सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् । यसका साथै उनी एक चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । उनको इन्स्टाग्राममा लाखौ फलोअर्स पनि छन् । धेरैले उनको तस्बिरहरु मन पराएका छन् । उनको यो सफलतामा एउटा तस्बिरकाको ठूलो भुमिका रहेको छ ।

जसले जिन्दगी कायापलट पारिदियो । रिटाको यो रोचक कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिँड्थिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे । भने आमा उनी लगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । त्यो समय सम्म उक्त घरको कोही पनि बच्चा स्कूल गएका थिएनन् ।

उनको परिवारलाई खान धौधौ थियो त्यसकारण रिटाले मानिसहरुसँग पैसा वा खानेकुरा माग्दै हिड्ने गर्थिन् । त्यति बेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका फोटोग्राफर तोफरले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे

सोही क्यामराको एउटा क्लिक अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो १३ वर्षे ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे । त्यसपछी उनको चर्चा संसारभर चुलियो । अहिले पनि उनको फोटो भिडियो सडकमा माग्दै हिडेको फोटो संग तुलना गर्दै भाईरल भैरहन्छ । अहिले उनको आफ्नै गाडी छ बङ्गला छ ।

उनि १३ वर्षकी हुँदासम्म सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् ।

उनका बुवा फोहोर टिप्ने काम गर्थे । भने आमा उनी लगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् ।

?

प्रतिक्रिया दिनुहोस