सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस

काठमाडौँ– आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४०० रूपैयाँ बढेको हो ।आज सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ ।आज पाँच रूपैयाँ बढेको चाँदीको मूल्य १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

प्रदेश सांसद निर्मला क्षेत्री भन्छिन्- प्रहरीले मलाई टिपेर फाले, न्यायका लागि कहाँ जाऊँ ?
बुटवल : लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्यहरु बीच झ’डप भएको छ। मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेकेका प्रदेशसभा सदस्यलाई प्रहरीले धर प’कड गरेपछि झडप भएको थियो । झ’डपमा केही प्रदेश सभा सदस्य घा’इते भएका छन् ।

‘प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी आएर पहिले म माथि आ’क्र मण गर्न थाल्नु भयो त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो,’ कांग्रेस सचेतक निर्मला क्षेत्रीले भनिन्, ‘यास्तो आ’क्र म’ण म माथि गरियो । यस्तो अमर्यादित किसिमले नाङ्गो नाच चाचिरहेको छ आज प्रदेश प्रमुख, मुख्यमन्त्री प्रहरी प्रशासन।’ न्यायको लागि कहाँ जानुपर्छ आफू जान तयार रहेको उनको भनाइ छ ।

हामी माथि अमर्यादित क्रियाकलाप भएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरीले अनैतिक काम गरेका छन् । आज ममाथि पनि ठूलो प्र’हार भएको छ,” उनले भनिन् । त्यस क्रममा सांसदहरूले ‘संविधानको रक्षा गर’, ‘बहुमतको कदर गर’ लगायतका नारा लगाएका थिए । उनीहरूले प्रदेश प्रमुख, मुख्यमन्त्री पोखरेल र प्रहरी वि’रुद्ध पनि नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस