होम आइसो’लेसनमा बस्दा सास फेर्न गा’ह्रो भएमा के गर्ने ? डा.रबिन्द्र पाण्डेका १६ सुझावहरु :

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दु’खेमा र टाउको दुखे’मा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घो’प्टो परेर सुत्नुहोला। यसलाई प्रो’न पोजि’सन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गा’ह्रो भएमा वा अन्य गा’ह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिए’न्टले अचा’नक कोभिड निमो’निया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टि’भाइरल र एन्टि’बायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमो’निया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सि’जनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमो’निया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्या’मेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटि’कल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमा’णित औषधि सेवन गरेर वा अन्य संक्रमि’तलाई निको भएको औषधि खाएर समय एबम् स्वास्थ्य न’ष्ट नगर्नुहोला । प्रति’रोध क्षम’ता राता’रात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्र’मित भएमा सबैको परी’क्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रा’मक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिंदा आराम हुन्छ ।

१२. र’क्सी, चु’रोट तथा धेरै गुलि’यो पदार्थ र कोल्ड ड्रिं’क्स से’वन नगर्नुहोला ।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मान’सिक अव’स्थालाई सुदृढ एबम स’बल राखुहोला । नआत्ति’नुहोला ।

१५. दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नु’होला । अन’धिकृत समाचा’रले त’नाव बढाउँछ ।

१६. गा’ह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बु’लेन्स मगाउनुहोला ।

( जनस्वा’स्थ्य विज्ञ डा. रविन्द्र पाण्डे) -हेल्थ’न्युज’बाट

प्रतिक्रिया दिनुहोस