महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण अनुहारको सुन्दरता बिग्रन सक्छ । यदी तपाई पनि अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाई बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ ।

यस्ता छन् अनुहारमा चमकता ल्याउने घरेलु उपाय :

दही र बेसारको फेस प्याक: एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि १५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस्। यो कार्य केही दिन गर्नुभयो भने तपाईको अनुहारमा चमकता आउनेछ ।

मह र बेसार: गर्मीमा अलिकति महमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस्। केही मिनेटपछि यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारमा सुन्दरता आउनुका साथै गर्मीका कारण आएको कालोपना हटेर जानेछ ।

आलु र दहीको प्याक: एउटा आलुलाई मसिनो गरी पिसेर त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा अलिकती दही मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई १५ मिनेटमा सफा पानीले धुनुहोस् । त्यसको प्रयोग केही दिनसम्म गर्दा तपाईले अनुहारमा चमकता पाउनुहुनेछ ।

मह र पानी: दुई चम्चा महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस्। केही समयपछि सफा पानीले अनुहार धुनुहोेस्। यसको केही दिनको प्रयोग पनि तपाईको अनुहारमा फरक पाउनुहुनेछ ।

गाजर र मह: गर्मीमा गाजरलाई मसिनो गरी त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि केही मिनेटमा त्यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारको चमकता फर्किन सक्छ ।

चन्दन, दही र दुध: थोरै चन्दन, दही र दुध मिसाएर २ वा ३ मिनेटसम्म अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई सफा पानीले धुनुहोस्। यो प्रयोग केही दिनसम्म गर्दा तपाईको अनुहारमा सुन्दरता आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस