बलिउडका सबैभन्दा महँगा ७ आइटम गर्लः लिन्छन् नसोचेको पारिश्रमिक !

आइटम गीतलाई बलिउड चलचित्र हिट गराउने एक अचुक अस्त्र मानिन्छ। करीना कपूर देखि दीपिका पादुकोण जस्ता चर्चित अभिनेत्रीहरु पनि आइटम गर्ल बनिसकेका छन्।

बलिउडका सबैभन्दा महँगा आइटम गर्लहरु:

प्रियंका चोपडाले ‘राम जाने’ जस्ता उत्कृष्ट आइटम गीत गरिसकेकी छिन्। उनले ३ देखि ४ करोड भारतीय रुपियाँ लिन्छिन् र ‘ए’ ग्रेड फिल्ममा मात्र आइटम नृत्य गर्न मन पराउँछिन्।

कट्रिना कैफ : ३ करोड रुपियाँ

कट्रिना कैफले ‘चिकनी चमेली’ र ‘शीला की जवानी’ जस्ता आइटम गीत गरिसकेकी छिन्। उनले एक आइटम नृत्यको लागि लगभग ३ करोड भारतीय रुपियाँ लिन्छिन। उनी सिर्फ सम्बन्धको आधारमा मात्र आइटम नृत्य गर्छिन्।

सन्नी लियोनी : ४ करोड देखि ५ करोड रुपियाँ

बलिउडमा सन्नी लियोनीको सबैभन्दा बढी डिमाण्ड हुने गर्दछ। सन्नीले शाहरुख खान जस्ता सुपरस्टारको फिल्म ‘रईस’ मा पनि आइटम नृत्य गरिसकेकी छिन्। उनले लगभग ४ देखि ५ करोड भारतीय रुपियाँ सम्म लिने गर्छिन्। सन्नीको आइटम नृत्य दर्शकले खुबै मन पराउने गर्छन् ।

दीपिका पादुकोण : ३ करोड

कट्रिना जस्तै दीपिका पादुकोण पनि आफ्नो निर्माता साथी, निर्देशक र नायकको लागि मात्र आइटम नृत्य गर्ने गर्छिन्। र एक आइटम गीतको लागि करिब तीन करोड रुपियाँसम्म लिने गर्छिन्।

उर्वशी राउटेल : ५० लाख रुपियाँ

उर्वशी राउटेलको आइटम गीत ‘सारा जमाना’ अत्यन्तै हिट भएको थियो। उर्वशी करिब ५० लाख पारिश्रमिक लिने गर्छिन्।

ज्याक्लिन फर्नाडिज : २ करोड रुपियाँ

ज्याक्लिन फर्नाडिजले हालै रिलिज भएको फिल्म ‘बागी-२’ को आइटम गीत ‘एक दो तीन’ मा नृत्य गरेकी थिईन तर दर्शकले उनको नृत्यलाई खासै मन पराएनन्। उनी लगभग २ करोड रुपियाँ लिने गर्छिन्।

मलाइका अरोडा : २ करोड रुपियाँ

मलाइका अरोडाले अहिले आइटम नृत्यमा खासै रुचि देखाएकी छैनन्। खैर, उनले लगभग २ करोड रुपियाँ पारिश्रमिक लिन्छिन।

प्रतिक्रिया दिनुहोस