प्रधानमन्त्री ओलीद्धारा माधव समुहको गतिविधिलाई अपराधको संज्ञा, विवाद गंभीर मोडमा

बैशाख २६ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव समुहको गतिविधिलाई अपराधको संज्ञा दिएका छन् ।आज विज्ञप्ति जारी गर्दै ओलीले माधव समुहले जसरी पनि सरकार ढाल्न खोजेको आरोप लगाएका छन् ।ओलीले नेपाल समूहका गतिविधिलाई इतिहासले माफी गर्ला भनेर प्रश्नसमेत सोधेका छन्।
आफूले विस्वासको मत पाउन सक्ने संभावना घटेका बेला ओलीको यो गंभीर वक्तव्य आएको हो ।

आजै सिंहदरबारमा ओली समुह र माधव समुहका नेताहरुबीच छलफल भए पनि सहमति भएको थिएन ।आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने,

कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरीरगराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्। कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरू पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन्।, ओलीको वक्तव्यमा भनिएको छ ।

ओलीको वक्तव्यको पूर्ण पाठः
राणा शासनको अन्धकार युगमा सुन्दर भविश्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको वामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको छ। राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ। जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी– नेकपा ९एमाले०लाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमूख दायित्व आजको पुस्ताको हो।

कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्या छन्। यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन। आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरीरगराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्। कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरू पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन्।

के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्लारु सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौंरु तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु। यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो। यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु।

भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन। म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु।

धन्यवाद
केपी शर्मा ओली

अध्यक्ष

प्रतिक्रिया दिनुहोस