डाक्टरले मृ त घोषणा गरेर पोष्टमार्टम गर्न ठिक्क परेका युवक जब टेवलमा उठेर बसे (भिडियो हेर्नुस्)

काठमाडौ ।

फरवरी २७ मा भएको सडक दुर्घटनामा एक जना युवक परे । उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । भारतको कर्नाटकका २७ वर्षीय सन्मुख गोमदी दुर्घटनामा परेका हुन् । उनलाई दुर्घटनास्थलवाट गम्भिर घाइते अवस्थामा नजिकैको अस्पतालमा भर्ना गरियो । अस्पतालमा उपचारका क्रममा उनको निधन भयो । उपचारमा संलग्न चिकित्सकले उनलाई मृ त घोषित गरे । सुरुमा दुर्घटना पश्चात उनलाई तत्काल नीजि अस्पतालमा लगिएको थियो । त्यहाँ परिक्षण पछि उनको निधन भइसकेको चिकित्सकहरुले बताए ।

त्यसपछि उनलाई एक सरकारी अस्पतालमा लगियो । पोष्टमार्टम गर्नुअघि गर्नुपर्ने पुरै परिक्षण फेरी सरकारी चिकित्सकहरुले गरे । त्यहाँ पनि उनलाई निधन भइसकेको घोषणा गरियो । सोही सरकारी अस्पतामा सडक दुर्घटनामा निधन भएका कारण उनको पोष्टमार्टमको तयारी गरियो । उनलाई पोष्टमार्टम गर्ने कक्षमा लिएर गइयो ।तर जब चिकित्सकले उनको पोष्टमार्टम गर्न लागे उनलाई राखिएको टेवलमा केही हलचल भयो । त्यहाँ रहेका चिकित्सकहरु झस्किए । उनीहरुले ति युवकका शरिरको सबै अं ग हरुको परिक्षण गरे ।

चिकित्सकले निधन भएको भनेर घोषणा गरेर पोष्टमार्टम गर्न लागिएका ति युवकको शरिर जि वि त रहेको थाहा पाए । तत्काल उनलाई आइसियुमा भर्ना गरियो । अहिले ति युवकको अवस्था सुधारउन्मुख रहेको बताइएको छ । परिवारमा शोक मनाइरहेका थिए । तर अचानक युवकको अवस्था सुधारउन्मुख रहेको थाहा पाएपछि परिवारमा खुसी छाएको छ । अहिले उनीहरु ति युवक पुर्ण रुपमा ठिक हुने आशमा बसेका छन् । जसले ति युवकलाई निधन भएको घोषणा गरेका थिए ति सरकारी चिकित्सकले यस बारेमा कुनै प्रतिकृया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस