रास्कोट अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई ५०% प्रोत्साहन भत्ता दिने रवी लामिछानेको घोषणा !

रिष्ठ संचार कर्मी रवी लामीछानेद्वारा खोलिएको कर्णाली प्रदेशको कालीकोटमा स्थापना गरिएको रास्कोट अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई प्रोत्साहन भत्ता स्वरुप ५०% भत्ता दिने निर्णय भएको छ। हिजो आफ्नो फेसबुक पेज मार्फत उहाँले जानकारी गराउनुभएको हो।

उहाँले लेख्नुभएको छ,” ठिक समयमा अस्पताल शुरु गरेका कारण दुर्गम कालीकोटमा यो बिपत्तिमा सेवा प्रदान गर्न सकिएको छ। स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिन्छौँ , जनशक्ति अभाव हुन दिन्नौँ भन्ने सरकारले रास्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुलाई यो सुबिधा दिने/नदिने केही जानकारी दिएको छैन।तर सरकारले नदिएपनि हामी जसरी पनि ५० प्रतिशत भत्ताको जोहो गर्नेछौ। यसैपनि हाम्रो टिमले भत्ताको लोभमा सेवा गरेको छैन, गर्दैन।रास्कोट अस्पतालका स्वास्थकर्मीहरु प्रति सलाम।”

सरकारले यतिबेला नागरिकको स्वास्थ्यको जिम्मेवारी लिन नसकी अब म’हा’मा’री सरकारको नियन्त्रणमा नरहेको भन्दै स्वास्थ्य सं’क’ट घोषणा गर्न खोजिरहेको परिप्रेक्ष्यमा रवी लामीछाने र उहाँको टीमले यति मात्र नभएर बाटोमा अलपत्र परेर बसेका,एम्बुलेन्स नपाएका,हस्पिटलमा उपचार नपाएर बसेका,ल’क’डा’उ’न अवधीभर खान मुस्किल भएका मानिसहरूका लागि सहयोग गर्ने भएको छ।

सरकारी हस्पिटल जाऊँ घर नफर्किने ड’र,नीजी हस्पिटल जाऊँ त आउँदा घर नै नरहने ड’र। यस्तो ड’र नै ड’रले त्र’सि’त भएर संक्रमणको जो’खि’म’मा बाँच्न वि’ब’स आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अब रबि लामिछाने र उहाँको टीमले सहयोग गर्ने भएको छ। उहाँले भन्नुभएको छ,”संचार माध्यम भनेको सूचना दिने मात्रै दिने नभएर आवश्यकता परेको बेलामा नागरिकको सहयोगी पनि हो,हामी तपाईंहरूलाई सहयोग गर्दछौं र तपाईंहरूको विषयलाई टेलिभिजनमा रिपोर्ट मार्फत प्रश्तुत गर्छौं।”

यदि तपाईं बाटोमै कहिँ अलपत्र परेर बाध्य हुनुभएको छ,अस्पतालमा बेड पाउनुभएको छैन,एम्बुलेन्स नपाएर हस्पिटल पुग्न सकिरहनुभएको छैन भने अब तपाईंहरूलाई रबी लामिछाने र उहाँको टीम Galaxy 4K मार्फत सहयोग प्राप्त गर्न सक्नुहुनेछ।”बि’रा’मी बि’रा’मी नै हो कसैको पद बि’रा’मी होइन मान्छे बि’रा’मी हो।यदि बि’रा’मी’लाई बि’रा’मीको अगाडि कोही मान्छेको पदलाई हेरेर सेवा दिइन्छ भने त्यो अस्पताल अब अस्पताल रहँदैन। त्यहाँ मानवीयताको कहिँ पनि गुञ्जाएस देखिँदैन त्यसकारणले सभासद,मन्त्री,प्रधानमन्त्री,उच्च पदस्थ कर्मचारी र आम सर्वसाधारण नागरिक राज्यको आँखामा,अस्पतालको आँखामा बि’रा’मी मात्रै हो।यदि यो भन्दा फरक दृष्टिकोणले यदि भेदभाव गरिन्छ भने हामी त्यसको विरुद्ध पनि आम नागरिकलाई हाम्रो रिपोर्टिङ मार्फत सूचना र सम्बन्धित ननिकायहरूलाई पनि होसियार बनाउन र बन्न लागि परेका छौँ,”उहाँले भन्नुभयो।

यतिबेला को’रो’ना लागेका भन्दा पनि कोरोना नलागेका,दैनिक रुपमा जाँच गर्नुपर्ने बि’रा’मी’को अवस्था ना’जु’क बनेको छ।हस्पिटलसम्म पुग्ने अवस्था पनि छैन,सरकारी हस्पिटल त पुगिँदैन नै,नीजी हस्पिटलमा समेत ब्र’ह्म’लु’ट मच्चिएको छ। यतिबेला सरकारी हस्पिटलमा कसैलाई कसैको म’त’ल’ब छैन,बेड पाउन सकिएको अवस्था छैन,आइसोलेशनको स’म’स्या छ,आइसियूको स’म’स्या छ भन्ने समाचारहरू आइरहेका छन्।

सहयोगका लागि एन टी सी का ग्राहकहरूले ९८५१३२२१११ नम्बर कल गर्न सकिनेछ भने एन सेलका ग्राहकहरूले ९८०१०३८१८१ मा कल गरेर सम्पर्क गर्न सकिन्छ। यस नम्बरलाई यस पेजमा पनि राखिएको छ। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले यी नम्बरमा कल गर्न सक्नुहुनेछ। यतिबेला सरकारी हस्पिटलमा को’रो’ना लागेका बि’रा’मी भन्दा पनि को’रो’ना नलागेका बि’रा’मी’हरूको बि’जो’ग अवस्था छ। हस्पिटलमा टेक्ने ठाउँ छैन,डाक्टरले कुनै प्रकारको वास्ता गर्दैनन्।प्राइभेट हस्पिटलमा उपचार त पाइन्छ तर अत्यन्तै महँगो छ,अनेक प्रकारको जाँच लाग्ने गर्दछ। स्वास्थ्य सेवा माथी ध्यान दिन आवश्यक छ स्वास्थ्य मन्त्री ज्यू भनेर जति चिच्याइरहँदा पनि त्यो आवाज सम्बन्धित मन्त्रीको कानमा पुग्दैन र पुगीहालेमा पनि त्यसको रेस्पोन्स हुने अवस्था छैन।

सरकारले अब सक्ने अवस्था छैन र सरकारलाई यतिबेला सहयोग गर्नको लागि आम नागरिकसँग समन्वय गर्न लागेका छन् केही सचेत मानिसहरू। यसै सन्दर्भमा संचार कर्मी रवी लामिछानेले भन्नुभएको छ कि संचार कर्मीको काम सूचना दिनुमात्रै नभएर आवस्यकता परेको बेला आम नागरिकलाई सहयोग गर्नु पनी हो।

प्रतिक्रिया दिनुहोस