मृत्यु हुनु भन्दा पहिले देखिने यी पूर्व संकेतहरु ! जो कसैलाई नि देखा पर्ना सक्छ !

शिवपुराण अनुसार जुन मानिसलाई ग्रहको दर्शन भएर पनि दिशाको ज्ञान हुँदैन, मनमा बेचैनी भैरहन्छ तब त्यस्ता मानिसको मृत्यु ६ महिना भित्र हुनेछ । जुन व्यक्तिलाई अचानक निलो झिंगाले आएर घेर्छ भने उसको आयु एक महीनामात्र बाँकी छ भन्ने बुझे हुन्छ ।

शिवपुराणमा भगवान शिवले भनेका छन् की जुन मनुष्यको शिरमा गिद्ध, काग र परेवा आएर बस्छन्, त्यो व्यक्ति एक महिना भित्र मर्नेछ । त्यस्तो शिवपुराणमा बताईएको छ । यदि अचानक कुनै व्यक्तिको शरीर सेतो या पहेंलो हुँदै गयो र रातो निशानहरु देखा पर्यो भने हामीले त्यो मानिसको मृत्यु ६ महिना भित्र हुनेछ भनेर बुझ्न सक्छौं । जुन व्यक्तिको मुख,कान,आँखा, र जिव्रोले ठिक संग काम गरेको छैन भने शिवपुराणमा भनिए अनुसार त्यो व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ ।

जुन मानिसले चन्द्रमा र सुर्यको आसपासको चमकिलो घेरालाई कालो र रातो देख्छन् भने त्यो मानिसको मृत्यु १५ दिन भित्र हुनेछ । त्रिदोष (वात, पित्त, कफ)मा जसको नाक बग्न थाल्छ, उसको जीवन १५ दिन भन्दा बढी टिक्दैन । यदि कुनै व्यक्तिको मुख र घाँटी पटक पटक सुक्न थाल्छ भने त्यो व्यक्तिको आयु पनि ६ महिना भन्दा लामो हुनेछैन।

जब कुनै व्यक्तिलाई पानी, तेल,घ्यु तथा ऐनामा आफ्नो अनुहार देखिदैन भने त्यो व्यक्ति ६ महिना भन्दा बढी बाँच्दैनन् भन्ने बुझ्नुपर्छ । यदि कसैले आफ्नो छायाँलाई टाउको बाहेक र आफ्नो छाया नै देख्दैनन् भने त्यस्ता व्यक्ति एक महिना पनि बाँच्न सक्दैनन्।

प्रतिक्रिया दिनुहोस