बिच सडकमा नेहा कक्कडको बोल्ड एण्ड ब्युटी पोज (तस्विर सहित)

बिच सडकमा नेहा कक्कडको बोल्ड एण्ड ब्युटी पोज (तस्विर सहित)
चर्चित गायिका नेहा कक्कड गायनको अलवा लुक्स र लाइफ स्टाइलका कारणले पनि हमेसा चर्चामा छाउने गर्छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर समेत पोष्ट गर्ने गर्छिन् ।

अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर तस्बिरका लागि बिभिन्न पोज दिएकी छन् । तस्बिरमा उनी बोल्ड एण्ड ब्युटी देखिएकी छन् ।

सार्वजनिक तस्बिर फ्यानले निकै रुचाएका छन् । सो तस्वीरहरुलाई उनका श्रीमान रोहनले खिचेका हुन् । कमेन्टमा उनको प्रशंसा गरेका छन् । उता रोहनले पनि आफ्नो ईन्स्टाग्राममा सोहि ठाउमा सोहि प्रकृतिको फोटो खिचेर पोस्ट गरेका छन् ।

सो फोटोलाई नेहाले खिचेको भनेर मेन्सन गरेका छन् । केही दिन पहिले नेहाले पति रोहनप्रित सिंहसँग हातपात गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । आफ्नो आउँदो गीत प्रमोसनका लागि सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस