१९ वर्षमै प्रोड्यूसरबाट बलात्कृत र गर्भवती भएको गायिका लेडी गागाको खुलासा।

एजेन्सी := अमेरिकी चर्चित गायिका लेडी गागाले आफू १९ वर्षको उमेर छँदा म्युजिक प्रोड्यूसरबाट बलात्कृत भएको र गर्भवती भएको खुलासा गरेकी छन् । उक्त घटनाले आफूलाई मनोवैज्ञानिक रुपमा निकै धक्का लागेकोसमेत उनले बताइन् ।

उनले यसअघि पनि आफू व्यवसाय सुरु गर्ने बेला संगीत उद्योगका मालिकबाट बलात्कृत भएको बताएकी थिइन् ।

उनले हालै एक डकुमेन्ट्रीमा बलात्कार र गर्भवती भएको कुरा बताएकी हुन् । जसले गर्दा लेडीले आफू दर्दनाक तनाबको सामना गर्नुपरेको बताइन् । तर हाल यस्तो अवस्था नियन्त्रित बनेको पनि उनले बताइन् ।

उनले भनिन्, “म १९ वर्षकी थिएँ । र म व्यवसाय गर्न थालेको थिएँ । एक प्रोड्यूसरले मलाई भने कि: तिम्रो कपडा खोल ।” एपल टिभी प्लसका लागि ओप्राह विन्फ्रे र प्रिन्स ह्यारीले तयार गरेको “द मी यू कान्ट सी” नामको डकुमेन्ट्रीका लागि लेडी गागाले यस्तो खुलासा गरेकी हुन् ।

उनले अगाडि भनेकी छन् “मैले भनेँ, हुँदैन । र मैले छोडेँ । र उनीहरुले मेरा सबै म्यूजिक जलाइदिने बताए । र उनीहरुले मलाई सोधिरहन छाडेनन् । त्यसपछि म स्थिर भएँ र मलाई पनि सम्झना छैन ।” भक्कानिदै लेडी गागाले सुनाइन् ।

३५ वर्षीया गायिकाले आफ्ना ‘बलात्कारी’को पहिचान पहिलो पटक यसरी गरेकी हुन् । साथै उनले ती ‘बलात्कारी’को नाम सार्वजनिक नगर्ने बताएकी छन् । किनकि अब फेरि ती व्यक्तिको सामना गर्न नचाहेको लेडीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस