“गायक रामकृष्ण ढकालको अगुवाइमा” १८लाख रुपैयाँ महावीर पुनको आ’विष्कार केन्द्रलाई प्रदान !

काठमाडौं । गायक रामकृष्ण ढकालले विभिन्न व्यक्तिबाट संकलन गरिएको करिब १८ लाख रुपैयाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आ’विष्कार केन्द्रलाई प्रदान गरेका छन् ।

सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुुगेका गायक ढकाल कोरोनाभाइरस सं’क्रमण महामारीले उतै रोकिनु परेको जानकारी गराउँदै उनले अमेरिकामै संकलन गरेको पहिलो चरणको १५२८८ अमेरिकी डलर (करिब १८ लाख नेपाली रुपैयाँ) महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायर मार्फत जम्मा गरिदिएको जानकारी दिएका हुन् ।

को’रोनाभाइरस सं’क्रमणबाट आफ्नो देश नेपाल र आमनागरिक पीडित भएका बेला कसरी सहयोग गर्न सकिन्न भन्ने उद्देश्यका साथ अमेरिका रहेका नेपालीमा सहयोगका लागि आह्वान गर्दा संकलन भएको रकम आविष्कार केन्द्रलाई प्रदान गरेको जानकारी दिएका हुन् । उनले पनि व्यक्तिगत रुपमा ५ सय अमेरिकी डलर सहयोग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रकम दिनेहरुको नाम र प्राप्त रकमको विवरण खुलाएर सार्वजनिक गरेका छन् । साथै उनले अरुबाट पनि सहयोगको आश्वासन प्राप्त भएको जानकारी दिएका छन् ।

सो रकम प्राप्त भएमा नेपालको सामाजिक क्षेत्रमा काम गरेको संस्थालाई प्रदान गरिने गायक ढकालको भनाइ छ ।

को’रोनाभाइरस सं’क्रमणको चपेटामा परेका नेपालीलाई मल्हम लगाउने उद्देश्यले आफूले सहयोगको आह्वान गरेर रकम सं’कलन गरेको गायक ढकालले बताए । सहयोग गर्ने सबैमा उनले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस