टिमुर र ज्वानु पानीमा राखेर दिनमा दुईपटक वाफ लिए को-रोना बाट बच्न सकिने, यस्ताे छ तरिका !

टिमुर र ज्वानु पानीमा राखेर दिनमा दुईपटक वाफ लिए को-रोना बाट बच्न सकिने, यस्ताे छ तरिका ! कार्यक्रममा आयुर्वेदाचार्य डा ऋषिराम कोइरालाले को- रोनाका बेला नियमितरूपमा कागती खाँदा शरीरामा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

टिमुर र ज्वानु पानीमा राखेर दिनमा दुईपटक वाफ लिने गरेमा क-फ निकाल्ने भएकाले को- रानाबाट बच्न यो पनि उपयुक्त विधि हुने उहाँको भनाइ थियो । तरकारीमा धेरै मसलाको प्रयोगले कब्जि-यत हुने भएकाले महामारीको समयमा खानपिनमा पनि ध्यान दिन उहाँले सुझाव दिनुभयो । परिवारका सदस्य एक ठाउँमा बसेर कुराकानी गर्दा तनाव व्यवस्थापनमा सहयोग पुग्ने गरेकाले एकोहोरो रूपमा सामाजिक सञ्जालमा,

मात्र व्यस्त नहुन आयुर्वेद एवं मनोसामाजिक क्षेत्रका विज्ञको सुझाव छ । आयुर्वेदका माध्यमबाट प्राकृतिक रूपमै स्वास्थ्यलाभ गर्न सकिने भएकाले आफू एलोप्याथीबाट आयुर्वेदमा आएको चिकित्सक कोइरालाले सुनाउनुभयो । स्वयंप्रतिको प्रेम विकास गर्न सके रोगप्रतिरोधी क्षमता विकास गराउने भएकाले यसतर्फ पनि अहिलेको महामारीमा ध्यान दिन उहाँको सुझाव थियो ।

योग, प्राणायाम, ध्यान साधनाका विधि अपनाएर आफूप्रति प्रेमभाव दर्शाउन आध्यात्मिक गुरुहरुको सुझाव छ । दिनमा धेरैपटक हात स्यानिटाइजेसन गर्दा छालाका रोग बढ्न थालेको छ । स्यानिटाइज गरिएको हात खाना खानुअघि राम्रोसँग साबुन पानीले धुनुपर्ने चिकित्सकको सुझाव छ ।

कोठाभित्र मात्र बसेर रोग प्रतिरोधी क्षमता नबढ्ने भएकाले छत वा बाहिर निस्केर तरोताजा हुन, हप्तामा एकपटक भए पनि जीउमा तेल लगाउन, नाकको सफाइका लागि नेतिको अभ्यास गर्न पनि कार्यक्रममा चिकित्सक कोइरालाले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस