के तपाईं चाउचाउ खानु हुन्छ ? ख्याल गर्नुस् है, डाक्टरले दिए यस्तो सल्लाह!!!!!

धेरैजसो बाल`बालिकालाई उनीहरुका अभि`भावकले जङ्कफुड अर्थात पत्रु खानेकुरा दिने प्रचलन पछिल्लो समय निकै फस्टाएको छ । छोरा`छोरी रोए भने या भनेको मानेनन् भने फका`उनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि शहर`सम्मको समस्या हो ।

चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवा|आमालाई थाहा छ कि छैन ? दिइएको खानेकुरा कति अस्वस्थ्य`कर र अखाद्य छन् भन्ने ।पछिल्लो समय प्याकेटिङ खानेकुरा अत्या|धिक रुपमा खाइने र खुवाइने गरिन्छ । प्याकेटिङ खाना स्वस्थ्यकर छैन भन्ने थाहा हुँदाहुँदै पनि धेरैले आफ्नो तथा छारा`छोरीको स्वास्थ्य प्रति खेलबाड गरको जन`स्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् ।

डा. उप्रेतीका अनुसार जन्मदिनमा काटिने केकमा पनि गुलियोको मात्रा बढी हुँदा स्वास्थ्यका दृष्टिले खराब हो । मानव स्वास्थ्यका लागि चिनी एकदमै ठूलो शत्रु हो । चिनीले स्वास्थ्यमा ठूलो समस्या पारेको छ । चिनीले मधुमेह जस्ता दीर्घ`कालीन समस्या निमत्याउने गर्छ। प्याकेटिङ खानाले बच्चाको मानसिक, शारी`रिक, संवेगात्मक विकासमा रोक लागउ`नका साथै विभिन्न रोग पनि लगाउँछ ।बच्चालाई मात्रै नभएर कसैलाई पनि जङ्क`फुड खाना स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । प्याकेटिङ खाना जस्तै चाउचाउ, बिस्कुट, चकलेट, बजारमा पाइने चिसो पेय पदार्थले मानव शरीरमा नका`रात्मक असर गर्छ ।

डा. उप्रेतीका अनुसार चाउ`चाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष हो । जसले सुस्त`सुस्त रुपमा शरीरलाई कमजोर बनाउँछ । त्यस्तै चाउचाउमा हुने तेल र मसला`मा पनि हानि`कारक हुन्छन् । यसमा अजिना`मोटो हुन्छ जसले गर्दा हाड`जोर्नी कमजोर हुनुको साथै कहिँकतै हलुकासँग लडे पनि छिट्टै भाँचिने संभावना रहन्छ ।जङ्क`फुडले विषेशगरी मस्तिष्क, मुटु, मिर्गौला खराब गर्नुको साथै शरीरका अन्य भागलाई पनि सुस्त`सुस्त खराब गराउँछ र मुटु, मिर्गौलाका रोगले ग्र`स्त बनाउँछ ।तारे`का वा भु`टेर खाइने खानेकुरा मासु या अन्य खानेकुरा जस्तै सेलरोटी जस्ता बढी चिल्लोमा पकाइने खानेकुरा पनि स्वास्थ्य`कर हुँदैनन् किनकी एकपटक पकाइ`सकेको तेलमा दोस्रोपटक बनाउनु विष हुन्छ । बरम्बार तेलको प्रयोगले क्यान्स`र उत्पन्न गराउँछ ।

पछिल्लो समय बच्चाबच्चीमा कब्जियत र पाइल्सको सम`स्या देखिएको छ । कारण हो जङ्कफुड । स्कुल जाँदा खाजामा त्यहि प्याकेटिङ खाना र घरमा पनि त्यस्तै खानाका कारण पेट दुख्ने, हात खुट्टा कमजोर हुँदै जाने जस्ता समस्या बच्चामा देखिने गरेको छ ।घरको बारीमा फला`उन सकिने सस्तो ,सजिलो र स्वास्थ्यका दृष्टिले पनि रेसादार तरकारी, दाल गेडागुडी खान छोडेर जङ्क|फुड खाने र खुवाउने चलनले अस्वस्थ्यकर जीवन|शैली र रोग निम्त्या|उँछ। – यो सामग्री बिन्दु शर्माले देशसञ्चार मा लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस