आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन लागेपछि केटि बनेर विवाह मण्डपमै प्रेमिका भगाउन लाग्दा …..

एजेन्सी । मायामा परेका जोडीहरुलाई एक अर्कालाई भेट्ने चाहना हुनु स्वभावीक हो । एकअर्कासंग रमाइलो समय विताउने उद्देश्यले एक युवकले अपनाएको उपाय अहिले भाइरल भएको छ । भारतको उत्तर प्रदेशमा हालै आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्न केटी बनेर गए ।

विवाह स्थलमा केटी बनेर गएका उनी त्यहाँ पक्राउ परे । उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा भएको यो घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए । काँधमा लेडिज ब्याग भिरेका थिए । उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।

उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छेलाई शंका लाग्यो ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरूले उनलाई समातिहाले । जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत ह टा इयो तब सबैजना तीनछक परे ।

उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । वाहिर दुई जना साथी मोटरसाइकल लिएर तयारी अवस्थामा रहेछन् उनी त्यही मोटरसाइकलमा बसेर गए

प्रतिक्रिया दिनुहोस