उपत्यकामा एक हजार ११५ सङ्क्रमित थपिए!!!

उपत्यकामा एक हजार ११५ सङ्क्रमित थपिए
काठमाडौं उपत्यकामा कोरोनाका एक हजार ११५ सङ्क्रमित थपिएका छन् । देशभरि चौबीस घण्टामा तीन हजार ३७० सङ्क्रमित थपिएकोमा करीब एक तिहाइ काठमाडौं उपत्यकामा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९७०, ललितपुरमा १९० र भक्तपुरमा १३५ मा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या करीब २० हजार रहेको छ । काठमाडौं जिल्लामा १२ हजार ५९, ललितपुरमा चार हजार ६७४ र भक्तपुरमा तीन हजार ५९१ जना सक्रिय सङ्क्रमित छन् ।

काठमाडौंमा हालसम्म एक हजार ७११, ललितपुरमा ४८६ र भक्तपुरमा ३४२ सङ्क्रमितको मृत्यु भएको छ ।धनुषामा जारी निषेधाज्ञा ७ दिन थप
धनुषा जिल्लामा जारी निषेघाज्ञा ७ दिन थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाका अनुसार पछिल्ला दिनमा जिल्लामा समान्य सुधार देखिए पनि सङ्क्रमणको चुनौती कायमै रहेकाले आज राति १२ बजेबाट निषेधाज्ञामा ७ दिन थप गरिएको हो ।

जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवस्थापन समितिबाट भएको निर्णय र सिफारिस बमोजिम आज राति १२ बजेदेखि जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस