एउटा चलचित्रको १२ करोड रुपैयाँको माग गरेपछि चलचित्रबाटै हटाइयो नायिका करिनालाई, छिन् तनाबमा

एजेन्सी । बलिउड चलचित्रले धार्मिक र प्राचिन कुरालाई पनि फिल्मको बिषयवस्तु बनाउदै आएका छन् । यसैबीच हिन्दुहरुको पुरानो धार्मिक ग्रन्थ रामायणमा आधारीत भएर फिल्म बन्ने पक्का भइसकेको छ । रामायणका मुख्य पात्र राम, रावण र सिता हुन् ।

यस फिल्ममा पनि राम, रावणको टुंगो लागिसकेको छ भने सिताको लाग्न बाँकि नै रहेको छ । यस फिल्ममा रामको रुपमा महेश बाबू र रावणको रुपमा ऋतिक रोशन देखीने लगभग पक्का भइसकेको छ । उनीहरु दुबैजनाले फिल्म खेल्नको लागि साइन पनि गरिसकेका छन् ।

फिल्म निर्माण पक्षले सिताको खोजी खुब ग¥यो । सिताको रुपमा दीपिका पादुकोण र करिना कपुरको चर्चा चले पनि यी दुबै जना सिता बन्ने होडबाट बाहिरीएका छन । दीपिका किन खेलिनन् त्यसको यर्थाथ जानकारी नआए पनि करिनाको भने नखेल्नुको रहस्य बाहिर आएको छ । करिनाले अहिले एउटा फिल्मको सरदर ७ करोड जति लिने गरेकी छिन् । तर यो फिल्ममा भने उनले दाम दोब्बर नै बनाईन् ।

१२ करोड रुपैयाको माग गरेपछि निर्माण पक्ष अर्की सिताको खोजीमा जुटेको छ । त्यतिमात्र हैन उनले भरपुर समय पनि दिन नसकेको फिल्म निर्माण पक्षले जनाएको छ ।रामायणको सिता बन्न करिना कपुरले आफुले लिदै आएको पारश्रमिक भन्दा दोब्बर पैसा मागेपछि फिल्म निर्माण पक्ष

प्रतिक्रिया दिनुहोस