खन्दै गरेको खेतमा भिटियो हिराको खानी ! भाग्य चम्किएपछि मजदुरबाट बने करोडपति

काठमाडौं । मान्छेहरुको भाग्य चम्किनलाई धेरै समय लाग्दैन् । यो पृथ्वीमा यस्ता केही धातुहरुरु पाउँछन्, जुन पाउँदा मान्छे रातारात करोडपति, अर्बपति बन्न सक्छन् । भारत, मध्य प्रदेशको पन्ना जिल्ला हीराको शहर भनेर चिनिन्छ । भनिन्छ कि त्यहाँको माटोले कसैलाई पनि चाह्यो भने राजा बनाउँछ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँ हरेक रात लाखौं मानिस बन्छन् । सोमबार पनि त्यस्तै भयो, त्यहाँ हीराको खोजी गर्ने दुई मजदुरको भाग्य चम्कियो । यो पन्नाको किटहा गाउँको एक घटना हो । त्यहाँ एक श्रमिकले हीराको खानी भेट्टाएका हुन् ।

त्यो खानीमा काम गर्ने मजदुरहरू एक होईन दुई चम्किरहेका हीराहरू भेट्टाए । मजदुर भगवान दास कुशवाहाले उनका अन्य चार सहकर्मीसँग हिराको कार्यालयबाट भाडामा लिएर हिरा खानी बनाएका थिए । उनले चाल धुने क्रममा दुईवटा हीरा फेला पारेका हुन् ।

आजतकका अनुसार पहिलो हीरा ७.९४ क्यारेट छ र दोस्रो हीरा १.९३ क्यारेट छ, जसलाई हीरा कार्यालयमा जम्मा गरिएको छ । ७.९४ क्यारेट हीरालाई अहिलेसम्मको सबैभन्दा ठूलो हीरा मान्ने गरिएको छ ।

अनुमानित मूल्य ५६ देखि ७२ लाख रूपैयाँ रहेको छ । कामदारले भने कि हीरा लिलामीबाट प्राप्त पैसाको साथ, उनले आफ्नो आर्थिक अवस्था सुधार गर्नेछन् । उनले आफुसँग भएको सबै ऋण तिर्ने भनेका छन् ।

उहि समयमा पन्नाका कलेक्टर संजय कुमार मिश्रले कसैलाई पनि भाग्यले मजदूरबाट राजा बनाउँने बयान दिएका छन् । मजदुरहरू द्वारा प्राप्त हीरा चम्किलो छ,

जुन अर्को महिना लिलामीको लागि राखिनेछ । हीरा पाउँदा मजदुरहरुमा खुशीको वातावरण छ । यसले उनीहरूको आर्थिक अवस्थालाई पूर्ण रूपले परिवर्तन गर्दछ । यस अवसरमा जिल्ला कलेक्टरले मजदुरहरुलाई माला लगाएर सम्मान गरेका छन् । News Source

प्रतिक्रिया दिनुहोस