नायिका करिष्मा भन्छिन्, ‘क्रिस्चियनले हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाइ घृणा गर्यो, हाम्रो देवतालाई ढुङ्गा भन्यो’

काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक, सांस्कृतिक र धार्मिक गतिविधिले आम नेपाली जस्तै अभिनेत्री करिष्मा मानन्धरलाई विचलित बनाएको छ। शुक्रबार साँझ गा’ ‘ली खान्छु भन्ने थाहा हुँदाहुँदै मनमा लागेको र भोगेको कुरा सार्वजनिक गरेको मानन्धरले बताएकी छन्।

नेपाल भन्ने देश स्वतन्त्र र स्वर्ग थियो तर नेताले अस्तित्व गुमाउन बाध्य भएको उनको टिप्पणी छ। ‘नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो, स्वर्ग थियो तर त्यहाका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो’, उनले भनेकी छन्, ‘म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए ! आशा छ हिन्दुहरुलाई यो सब सहन सक्ने साहसभगवान पशुपतिनाथले प्रदान गर्नेछन् ! हर हर माहादेव।’

पछिल्ला दिनमा क्रिश्चियन संस्कृतिले रातो टीकाको गौरवलाई घृणा गरेको उनको भनाइ छ। भवनालाई ढुंगा भनेकोप्रति उनको आपत्ति छ भने हिन्दु धर्मप्रतिको अपमानप्रति आ क्रोश व्यक्त गरेकी छन्। डमरू र त्रिशूल किन नेपाली सेनाको चिह्न भन्ने कुरा आएको, आफूहरुको आस्थालाई हटाउने काम सुरु भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्। अभिनेत्री मानन्धरले नेपालको राजनीति २०४६ सालको आन्दोलनपछि सचेत भएको भन्दै त्यो बेलाको एउटा दर्दनाक दृश्यकोसमेत सम्झना गरेकी छन्।

‘मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु। हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउ। गा’ ‘ली खान्छु त्यो पनि थाहा छ। राजनीति अली सचेत भएको भनेको २०४६ सालको आन्दोलन देखि हो’, अभिनेत्री मानन्धरले भनेकी छन्, ‘त्यो पनि पल्लो घरको अगाडि साथीलाई भेटेर घर फर्कदै गरेका दाइलाई सुरक्षाकर्मीले पि’टीपि’टी मा’रे’का थियो। त्यो देखेर ! त्यो दाइले पर्खाल चढ्ने निकै कोशिस गर्नु भएको रहेछ ! पर्खालमा उम्रेको बनस्पतिको बोट त्यो बाटो ँहिडदा एक्छिन टोलाएर हेर्ने गर्थे र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला !’

त्यो अवस्थादेखि अहिलेसम्म आइपुग्दासमेत शान्ति नआएको उनको भनाइ छ। फेरि जनआन्दोलन, छ’रप’ष्ट मृत शरीर, दरबार ह’ ‘त्याका’ण्डले सबैकुरा विस्तारै बिग्रदै गएको उनको भनाइ छ। पछिल्लो समय नेपालीमा समाजमा रहेको भाइचारा र धर्मसंस्कृतिको सम्मान ध्व स्त भएको उनको भनाइ छ।

पृथ्वीनारायण शाहले भनेको कुरा “चार जात छत्तीस वर्ण ” हिन्दु ,बुद्दिस्ट, मुस्लिम , किरात ,डोम, शिख सबैले सबैको सम्मान गर्थे ।पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाइ घृणा गर्यो !! हाम्रो देवतालाई ढुङ्गा भन्यो ! हामी पंचतत्व पुजँक हौ , प्रकृति पुजँक हौ।

“धर्म निरिपेक्ष ” त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो । तर अब नयाँ कुरा सुरु भयो ! मौलिक धर्म मानेर बस्नेहरुलाई समस्या दिन थालियो । २० वर्ष जति भयो । अब हुदा हुदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो ! भैरव , काली , शिव , गणेश , किन “गण ” हरु को नाम राख्ने भन्ने कुरा आयो ! व्यवस्था परिवर्तन भयो ! भयेपछी रोएल नेपाल भनिएकाहरु हटाउ !! तर हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ? जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ तेस्तै हामिलाइ पनि हुन्छ होलानी !!

अहिलेको अवस्थामा२०११ को जनगणना आनुसार हिन्दुको प्रतिशत ८०% above छ हिन्दु धर्म शास्त्र अनुसार सहनु धर्महो भन्ने मान्यता छ । तर हेर्नू होला अबको दुइवाटा जनगणना पछि हिन्दुको संख्या ८% हुनेछ । हाम्रो आर्मी दलको नाम ” जिजस ” दल “मेरि” दल हुनेछ ।
( though I respect them because they are somebody’s faith )
मन्दिरहरु १००० वर्ष पछि पुरातत्त्व बिभागले खोज्नुपर्ने हुनेछ । यो नेपालको मौलिकता ,कथा काहानीमा खोज्नुपर्ने हुनेछ !!नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो ,स्वर्ग थियो तर त्याहाका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो । म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए !!आशा छ ८० % हिन्दुहरुलाई यो सब सहन सक्ने शाहास भगवान पशुपति नाथ ले प्रदान गर्नेछन् ! हर हर माहादेव ?

प्रतिक्रिया दिनुहोस