बेहुला आए, दाइजोमा १ रुपैयाँ मागे र बेहुलीलाई हेलिकप्टरमा उडाएर बिदा ?

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदासम्म पनि हाम्रो समाज दाइजो प्रथाबाट पीडित छ । दाइजोकै कारण हाम्री छोरीबहीनीहरुले प्रताडित हुनुपरेका घटना सुन्दा मन कुँडिएर आउँछ ।

दाइजोकै कारण जिउँदै जल्नुपरेका जस्ता नमिठा घटनाहरु समाजमा व्याप्त छन् । यसरी दाइजोको लागि लाजमर्दो शर्त राख्नेहरुले यस खबरबाट केही सिकुन् ।भारतको हरियाणा राज्यको सोनिपत जिल्लामा पर्ने हसनगढ गाउँमा केही पहिले रमाइलो वातावरणमा एक विवाह सम्पन्न भयो । बेहुलाले दाइजोको रुपमा कुनै कार अथवा पैसा मागेनन् मात्र एक रुपैयाँ मागे, त्यो पनि सगुनको रुपमा ।

त्यसपछि बेहुलीको बिदाइ डोली अथवा कारमा नभएर हेलिकप्टरमा भयो ।बेहुलीको नाम सन्तोष हो र उनका बुवा सतबीर एक मजदुर हुन् । गएको फेब्रुअरी १० मा सन्तोषको बिहे हाँसीको रामपुर गाउँका सञ्जयसँग भएको थियो । सञ्जयको परिवारले बिहेमा कुनै दाइजो नलिने भनेर पहिले नै शर्त राखेका थिए । विवाहपछि उनले आफ्नी दुलहीलाई हेलिकप्टरमा चढाएर बिदा भए ।यस्तै अर्को विवाह पनि यसैगरी सम्पन्न भयो, हरियाणको आहुलाना गाउँमा ।

यहाँ एउटै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करले बताए अनुसार पेसाले सुरक्षा गार्ड रहेका आहुलानाका पवन शर्माले आफ्नी दुई छोरी निशा र काजलको बिहे गरिदिए ।

प्रतिक्रिया दिनुहोस