टाउको दुख्ने समस्या र यसका प्रकारहरु

टाउको दुख्ने समस्या नेपालमा धेरैजसो लाई लाग्ने समस्या हो. यो समस्या १ दिन २ दिन देखि बर्सौ सम्म लाग्न सक्दछा टाउको दुखाई २ प्रकारको हुनछन.

१. primary causes (Functional headache):I. Tension headache (६९%)II. Migraine headache (१६%)III. Cluster headache (०.१%)IV. Idiopathic headache (२%)V. exertional (१%)

२. secondary causes:I. Systemic infections (63%)II. Head trauma (4%)III. Vascular disorder (1%)IV. Brain tumor (0.1%)

यदि टाउको दुख्ने समस्या लामो समयदेखि छ र सामान्य नदुख्ने औसधि खादा बिसेक हुन्छ र फेरी टाउको दुख्ने समस्या बल्झिन्छ भने तेस्तो टाउको दुखाईको उपचार गर्नुपर्ने हुन्छा आफुलाई टाउको दुख्ने समस्या छ तर टेस्ट गर्दा सबै रिपोर्ट normal छ भने त्यो मानसिक समस्या हुन सक्दछा. यो टाउको दुखाई tension headache, migraine headache मात्र नभएर depression ले गर्दा, somatoform ले गर्दा पनि हुन सक्दछा.

Tension headache का symptoms हरु:
बर्सौ देखि टाउको दुखिरखेको, टाउको दुख्दा जतापनि दुख्न सक्ने, भारी भएजस्तो, थिचेजस्तो , गरुहोंगो महसुस हुने, कसैलाई पोलेजस्तो, किरा हिंडेजस्तो महसुस हुने चक्कर आउने हुन्छा दिनभरी बिस्तारि दुखिरहने, काम गर्नपनि सकिने दुख्न पनि नछोड्ने हुन्छा. सामान्य औसधि खाएमा निको हुन्छा येससंग मानसिक समस्या जोडिएको हुन सक्छ जस्तै कुनै तनाबको स्थिति, निद्रामा गडबडी, या अरु कुनै symptoms हुन सक्दछा

migraine headache:
टाउको दुख्दा बल्किने, दुखेपछी ४ घण्टादेखि २ दिनसम्म दुख्न सक्ने, उल्टी औला जस्तो हुने, उल्टी आउने हुन सक्दछा. कतिले कडा औसधि खानुपर्ने, इन्जेक्शन लगाउनुपर्ने, या सुत्नैपरने हुन्छा. घामले, आवाजले टाउको दुखाईमा फरक पार्न सक्द्छ र कसैलाई त हिडडुल गर्दा पनि टाउको दुखाई बढ्ने भएकोले घरभित्रै बसेर आराम गर्दछन, एक पाखा मात्र दुख्ने पनि हुन्छ तर सधै एक पाखा मा मात्र दुख्छ भन्ने नहुन सक्दछा
यी primary headache को उपचार सम्भव छ र नजिकैको psychiatrist या neurologist को मा गइ उपचार गरेमा समस्या राम्रो गराउन सकिन्छा

कस्तो टाउको दुखाईमा सचेत हुने र तुरुन्त चिकित्सकलाई भेट्ने ?
1. धेरै जोडसंग दुखेमा 2. पहिलो सहन नसक्ने दुखाई 3. दुखाई झन नराम्रोसंग या जोडसंग बढिराखेको छ4. जाच गर्दा neurlogical symptoms देखिएमा 5. ज्वरो आएमा 6. टाउको दुखेपछि उल्टी भएमा 7. टाउको दुख्नाले निद्रा बिग्रेमा या उठ्ने बित्तिकै दुखेमा
8. ५५ बर्षभन्दा बढी उमेरको व्यक्तिलाई दुखेमा

-डा. प्रदिप पाण्डे

प्रतिक्रिया दिनुहोस