३३ वर्षीया नेपाली चेली राधा भन्छिन्, ‘म मुम्बईको अस्पतालमा सात महिनादेखि छु, मलाई बचाउनुहोस्’

कमाउन परदेश गएको बेला उतै रोग लागेर थलिएपछि अवस्था कस्तो होला? यस्तै घटना अछामकी एक महिलालाई परेको छ । उनी श्रीमानसँगै कमाउन भारत गएकी थिइन् । तर राधा रावल विगत ७ महिनादेखि एक अस्पतालमा भर्ना भएकी छिन् ।

३३ वर्षीया राधा उनका श्रीमानसँगै रोजगारीका लागि अछामबाट भारत गएकी थिइन् । तर आम्दानी गर्न गएका रावल दम्पत्तीमाथि बज्रपात परेको छ । मुम्बईमा दैनिक मजदुरी गरेर जिविकोपार्जन गरिरहेका बेला श्रीमती राधालाई एक्कासी क्या न्स र देखा परेकाले विगत ७ महिनादेखि भारतमै उपचार गराइरहेको उनका श्रीमान तपेन्द्र रावलले बताएका छन् ।

अहिले राधाको मुम्बईस्थित टाटा मेमोरियल क्या न्स र अस्पतालमा नियमीत उपचार जारी छ । यो प्राण घातक रोग भएकोले चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्न सल्लाह दिएको तर त्यसका लागि आफुसँग रकमको निकै अभाव भएको श्रीमान तपेन्द्रको भनाई छ ।

चिकित्सकको सल्लाह बमोजिम तुरुन्त अप्रेशन गर्न नसके ज्यान समेत जानसक्ने भएकाले रावल परिवार आत्तिएको छ। राधाको अप्रेशनका लागि झन्डै १० लाखसम्म रकम लाग्ने चिकित्सकले बताएका छन् । उनको उपचारका लागि सहयोग गर्न परिवारले नेपाल तथा भारतका केही बैंकमा खोलेको खाता नम्बर समेत सार्वजनिक गरेको छ।

नेपालबाट उपचारमा सहयोग पठाउन इच्छुक दाताहरुले रावलका हजुर बुवा भीमबहादुर रावलको काठमाडौ नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १४२०१०००२३३६१०१० र काका कमल कुमार रावलको अछाम मंगलसैनस्थित ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर जे ९०७०१००००१४० मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस