मेलम्चीसँगै धेरैको सपना पनि बग्यो भन्दै सहयोगमा जुटिन आँचल

बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका बासिन्दालाई सघाउन सेलेव्रिटी पनि सक्रिय भएका छन् । नायिका आँचल शर्माको टोलीले सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार गएको बाढी पहिरो पिडित ५० परिवारलाई राहत सामाग्री वितरण गरेकी छिन् ।

राहत वितरणको लागि आँचल र उनका श्रीमानको साथै निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका ओम अग्रवाल पनि मेलम्ची पुगेका थिए ।मेलम्ची पुगेर फर्किएपछि शर्माले सामाजिक सञ्जालमा लेख्दै त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ ।

त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ सवैको सपना मेलम्चीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।’

प्रतिक्रिया दिनुहोस