गण्डकीमा जसपाको दुबै हातमा लड्डु, २ सांसद् दुवै मन्त्री

काठमाडौं । गण्डकी प्रदेशसभामा रहेका जसपाका दुवै सांसद्लाई मन्त्रीपद दिन मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल तयार भएका छन् । पोखरेलले यसअघि विश्वासको मत लिने समयमा गरेको सहमती अनुसार जसपाका दुबै सांसद् मन्त्री बन्ने भएका हुन् ।

पोखरेलले यसअघि विश्वासको मत लिनुअघि जसपासँग अर्थसहिय २ मन्त्रालयको लिखित सहमती गरेका थिए । गण्डकीमा जसपाका दुई सांसद् छन् जसमा हरिशरण आचार्य मन्त्रिपरिषद्मा समावेश भइसकेका छन् भने धनमाया पोखरेल लामा मन्त्री हुन बाँकी छ ।
कृष्णचन्द्र नेपालीले यअघिनै गरेको सहमतिमा सबै दलबाट २-२ मन्त्री राखेर उच्चस्तरीय संयन्त्र निर्माण गर्ने सहमती गरिसकेका थिए । प्रदेशसभामा रहेको डबल थ्रेस होल्डको प्रावधान हटाउने र राजनीतिक नियुक्तिहरुमा गठबन्धनको भावना सम्बोधन गर्ने समेत गरि पोखरेलले सहमती गरेका छन् ।

प्रतिक्रिया दिनुहोस