देशको व्यापारघाटा १२ खर्ब माथी- हेर्नुहोस आ.व २०७७-७८ को आयात, निर्यात विवरण

काठमाडौं । कोरोना महामारीको समयमा अर्थतन्त्रमा चौतर्फी प्रभाव परेको छ । कृषि उधोग धन्दा पर्यटनले देशभर कोरोनाकोमार सहनुपर्यो । शिक्षा क्षेत्र म्यानपावर हवाई उडान चौतर्फी यसको प्रभाव देखियो । कोरोना कालमा व्यापार घाटा पनि बढेर गयो ।

कोरोना समयअवधिमा देशले चौतर्फी घाटा व्यहोरेपनी वैदेशिक ब्यापारमा भने यसको प्रभाव र असर खासै देखिएन । भन्सार विभागको एक तत्थयाङ्क हेर्ने हो भने आर्थिक बर्ष २०७६-७७ मा ११ खर्व ८८ अर्व वैदेशिक व्यापार भएको थियो । तर यस आर्थिक बर्ष अर्थात् २०७७-७८ मा वैदेशिक व्यापार २५.६७% ले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । यस आर्थिक वर्ष देशले निर्यातमा पनि छलाङ लगायो आयात पनि बढेर गएको यसबर्षमा निर्यात पनि ३७.७८ प्रतिशतले बढेर गयो ।

गत आर्थिक बर्षको ११ महिनामा देशले कुल ८८ अर्व रुपैँया बराबरको निर्यात गरेको थियो । यसपटक भने यो आंकडा बढेर १ खर्ब  २१ अर्ब पुगेको छ । जसमा भटमासको तेल (सोयाविन) तेलको निर्यात उल्लेखनिय रुपमा बढेर गएको देखिन्छ । यस आर्थिक बर्षमा भटमासको तेल मात्र ४२ अर्ब भन्दा बढीको निर्यात भएको भन्सार विभागको तत्थयाङ्क छ । दोस्रो धेरै निर्यात भएको सिन्थेटीक यान ७ अर्ब माथिको निर्यात भएको छ । उनिको गलैँचा साढे ६ अर्ब तयारी पोशाक साढे ४ अर्ब बराबरको निर्यात भएको भन्सार विभाग बताउछ । जुट र फलफुलको जुस गरि झण्डै ८ अर्ब बराबरको निर्यात भएको छ ।अघिल्लो आर्थिक बर्षसम्म व्यापार घाटा १० खर्ब १२ अर्ब रहेको थियो ।

आयातित बस्तुमा पेट्रोलीयम पदार्थ बढी आयत गरिएको छ जसमा डिजेल मात्र ७९ अर्ब ४५ करोड बराबरको आयात भएको भन्सार विभागको तत्थयाङ्क छ एमएस बिलेट पनि यस बर्ष बढी आयात भयो यस अवधिमा एमएस् विलेट ६५ अर्ब ३९ करोड रुपैँया बराबर आयात भएको छ । मोवाईल फोन आयातमा पनि यसबर्ष दुई गुणाले बढोत्तरी भएको भन्सार विभाग बताउछ । यस बर्ष २४ अर्ब १४ करोड रुपैँया बराबरको मोवाईल फोन आयात भएको तत्थ्याङ्क छ । यसबाहेक ३३ अर्ब १४ करोड रुपैँया बराबरको पेट्रोल २८ अर्ब ८० करोड बराबरको एलपी ग्यास नेपाल भित्रिएको छ । यसपटक निर्यात र आयात दुबैमा बढोत्तरी भएपनि आयात चुलिदा देशको ब्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस