चर्चित नेत्री तथा राप्रपा अभिनेत्री रेखा थापा बिबाह गर्दै,प्रेम सम्बन्ध पछि बिबाह(भिडियो हेर्नुस)

नेपाली चलचित्र क्षेत्रमा कुनै समय एक छत्र राज गरेकी चर्चित नायिका रेखा थापाको बिबह हुने कुरा बाहिरिएको छ । पछिल्लो समय त्यति धेरै चलचित्रमा नदेखिएता पनि उनको क्रेज दर्शकमाझ घटेको छैन आउदो वर्ष रेखाको बिबाह गर्ने तयारी भै रहेको उनको पारिवारिक श्रोतले बताएको छ ।

उनको बिबाह हुने कुरा बाहिर आए पछि को सगँ उनको बिबाह हुदैछ भन्नेमा धेरैले चासो दिएका छन ।पछिल्लो समय चलचित्रमा कमै देखिएकि उनी राजनीति क्षेत्रमा भने देखिने गरेकी थिइन् ।हुन त रेखाले यस भन्दा अगाडिका वर्षहरुमा पनि अघिल्लो वर्ष बिबाह गर्ने बताउंदै आएकी थिइन् ।

तर उनको त्यो अघिल्लो वर्ष कहिले आएको थिएन । तर अहिले भने अब आउदो बैशाखमा बिबाह हुने लगभग निश्चित भएको रेखाको परिवारले बताएको छ । तर रेखाले भने सधैँ भन्ने गरेकै कुरालाई दोहोर्याईन ।आफुले सधै नै अर्को वर्ष बिबाह गर्ने भनिरहेकै हुन्छु भन्दै बिबाह बारे धेरै बोल्न रेखा अहिले चाहेकी छैनन । तर पनि परिवारले भने मिति अहिले तय नभए पनि बैशाखमा हुने बताएको छ ।

सामान्य रुपमा बिबाह गर्ने बताएको भएता पनि को सगँ बिबाह गर्ने भन्ने बारेमा रेखाले केही पनि बताउन चाहेकी छैनन । तर उनी निकटका आफन्तहरुले भने रेखा आफ्नो प्रेमिसगँ बिबाहको तयारिमा रहेको बताएका छन ।ती प्रेमी को हुन भन्ने कुरा भने कसैले खुलाएका छैनन । पहिलो श्रीमान छबिराज ओझासगँ सम्बन्ध बिच्छेद गरेको निकै वर्ष पछि रेखाले बिबाहको तयारी गरिएको बुझिएको छ ।

उनको परिवार तथा आफन्तहरुले पनि बिबाह बारे बताएकोले सम्भवत आउदो बैशाखमा रेखाको बिबाह हुने कुरा छ । रेखाले अमेरिका बस्दै आएका एक ठकुरीसगँ बिबाह गर्न लागेको भनी समाचारहरु आएका छन ।तर त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । तर पनि उनिहरुले अदालतमा बिबाहको तयारी गरिरहेको भन्ने समाचार पनि आएका छन ।

अमेरिका बस्ने ती ब्याक्तिसगँ रेखाको सम्पर्क रेखाकै दिदी तारा राणाले गराईदिएको भन्ने भनाईहरु पनि बाहिर आएका छन ।छबिसगँ छुट्टिए पछि एक्लै बस्दै आएकी रेखा चलचित्र क्षेत्रमा पनि त्यस पछि खासै देखिन छोडेकी थिइन् । केही समय अघि राप्रपा नेपालको महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेकी रेखा थापा पराजित भएकी थिइन् ।

त्यस पछि भने उनी खासै बाहिर सार्वजनिक भएकी छैनन । तर सामाजिक संजालमा उनले शारीरिक ब्यायाम गर्दै गरेका फोटाहरु भने पोस्ट गरेकी थिइन् । साथै उनले थुप्रै मार्मिक स्टाटसहरु पनि सामाजिक संजालमा राख्दै आएकी छिन ।सबै कुरा खुलेर नबताएता पनि बाहिर आएका खबरहरुको रेखाले खण्डन पनि गरेकी छैनन । त्यसैले पनि उनको बिबाह हुन सक्ने अनुमान सबैले गरेका छन ।

प्रतिक्रिया दिनुहोस