दुखको खबर ,अझै बढ्न सक्छ पेट्रोलियम पदार्थको मूल्य कति सम्म बदला त !!!!

नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ ।न्यूज एजेन्सी नेपालसँग शुक्रबार कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड तेल र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए ।

आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उनको भनाइ छ ।उनले भने, ‘तेल उत्पादनको कटौती आफ्नो ठाउँमा छ । लगानीकर्ताहरु क्रुड र डलरमा केन्द्रीत भएको अवस्था छ । हामीले लागत नै महंगोमा किनिसकेपछि कम्पनीले त नाफा नगरेपनि नोक्सान त सहनु भएन नि भन्ने हिसाबले, नोक्सानीलाई कम गर्दै जाने रणनीति अन्र्तगत ।

नाफा कमाउने त कुनै उद्देश्य छैन । अरु नोक्सानीमा नजाओस् भन्ने ध्यानमा राख्दै कार्यविधिको अधिकारको पनि न्युनतम भन्दा न्युनतम प्रयोग गरेर मुल्य बढाएको स्थिति हो ।’आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल/मट्टीतेलको साबिकको विक्रि मुल्यमा २ रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा विक्रि मुल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ ।

त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ विक्रि मुल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस