अनुहारको चाउरीपना हटाएर जवान देखिन अपनाउनुहोस् यी घरेलु उपाय

चा’उरीपना हटाउने क्रिम त बजारमा जति पनि किन्न पाइन्छ । तर, अ’नुहारलाई कुनै हानी नगरी छोटो समयमा नै अनुहारमा भएका चाउरीपना हटाउने क्रिम पाउन भने निकै मुस्किल पर्दछ । अझ घरैमा प्राकृतिक रुपमा तयार पारिएको क्रिम किन्न त झनै मुश्किल पर्छ ।

त्यसैले यसपटक हामीले तपाईहरु माझ यस्तो विधि ल्याएका छौं, जसले तपाईको अनुहारमा भएको चाउरीपनालाई त हटाउँछ नै, यो क्रिम घरैमा बसेर जो कोहीले बनाउन सक्ने भएकाले यसको प्रयोगले अनुहारमा अन्य हानी समेत हुन दिँदैन । जुन प्राकृतिक हुनुका साथै किफायती पनि छ ।

चा’उरीपना हटाउने क्रिम बनाउन आ’वश्यक पर्ने सामाग्रीः १) दुई चिया चम्चा बराबर भ्यासिलिन । २) दुई चिया चम्चा बराबर बदाम तेल वा ओलिभ तेल । ३) एउटा अण्डाको पहेलो भाग । ४) एक चिया चम्चा मह । ५) एउटा पाकेको एभोकार्डो ।

तयार पार्ने विधिः १) हल्का नरम नभएसम्म भ्यासिलिनलाई केही समयका लागि स्टोभ, ग्यासमा माइक्रोवेभमा तताउने । २) त्यसमा महलाई पनि मिसाएर राम्ररी चलाउने ।अब अण्डालाई अन्तिममा हाल्ने गरी पहिले भएका सबै सामाग्रीलाई त्यसमा मिसाउने र राम्ररी फिट्ने । जबसम्म त्यो बाक्लो लेदो हुँदैन ।

अब त्यो मिश्रणलाई बिर्को भएको भाँडोमा हाल्ने र मज्जाले हल्लाउने ।प्रयोग गर्ने विधिः १) सबैभन्दा पहिले उक्त मिश्रणलाई पाँच मिनेटसम्म त्यत्तिकै छाडिदिने । २) अब राम्ररी मुख धोएर अनुहारलाई सुख्खा बनाउने र उक्त मिश्रणलाई अनुहारको वरिपरि समानरुपले लगाउने ।

३) अब हातका औंलाको मद्दतले अनुहारको वरिपरि गोलगोल गरी केहीबेर मसाज गर्ने । ४) कम्तिमा ३० मिनेटसम्म क्रिमलाई अनुहारमै रहन दिएर कपास वा रुमालको सहायताले उक्त मिश्रणलाई निकाल्ने । यो प्रक्रियालाई केही हप्तासम्म निरन्तरता दिएको खण्डमा अनुहारमा परेको चाउरी कम हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस