सहकारीको किस्ता तिर्न नसक्दा आ,त्म,ह,त्या, ऋणजति श्रीमती र नाबालक छोरा-छोरीको थाप्लोमा !

खोला किनारमा १० धुर ऐलानी जमिन । त्यही जमिनमा बाँसका भाटाले पुराना जस्ता चेपेर बनाएको छानो । घरको बेरा पनि जस्ताकै । घरभित्रबाट आकाशतिर हेर्दा तारामण्डल गन्न सकिने अवस्था ।

दिनभरि बिरिङ खोलाको गिटी, बालुवासँग पौठेजोरी खेल्नुपर्ने बाध्यता । आफूलगायत श्रीमती र दुई जना नाबालकको पेट भर्नका लागि झापाको अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय ललित दर्जीले निरन्तर गर्दै आएको सङ्घर्षको कथा हो, यो ।

पैतृक सम्पत्तीको नाममा उनको फुटेको कौडी पनि थिएन । उनी बिरिङ खोलामा गिटी निकाल्ने र त्यसलाई बिक्री गरेर आफूसहित चार जनाको जीविकोपार्जन गर्दै आएका थिए ।

त्यो उनको १० वर्षदेखिको दैनिकी थियो । सरकारले हरेक वर्षको असार १ गतेदेखि तीन महिनाका लागि खोलाजन्य सामग्री सङ्कलन, बिक्री-वितरण र ओ,सारप,सारमा प्र,ति,बन्ध लगाउँछ ।

उनीहरूकै भाषामा ‘खोला बन्द’ भएपछि उनी केही समय अर्काे काम खोज्न थाले । परिवारको पेट भर्नको लागि उनीमाथि अर्काे काम खोज्नुपर्ने बाध्यता थियो ।

त्यसैक्रममा गाउँकै एकजना ठेकेदारले घरभन्दा १५ किलोमिटर दक्षिणमा पर्ने घैलाडुब्बामा नदी तटबन्धन गर्न ठेक्का दिएको र ढुङगा हालेर जाली भर्न श्रमिक आवश्यक परेको सूचना पाए ललितले ।

उनीसहितका १२ जना युवा जेठ २७ गते घैलाडुब्बातर्फ लागे । कोरोना सङ्क्रमणको भयावह अवस्था त छँदै थियो । उनीहरू घैलाडुब्बामै बसेर जाली भर्न सुरु गरे । यसबीचमा उनले केही पैसा घरमा पठाएको श्रीमती बालकुमारीले बताइन् । त्यो पैसाले दैनिक उपभोग्य सामग्री खरिद गरेको जानकारी उनले दिइन् ।

परालले छापेको घर थियो । गत माघमा बालकुमारी र ललितले सल्लाह गरे–सहकारीसँग अलिकती पैसा ऋण लिएर घरमा जस्ता लगाउने । बालकुमारीले गाउँका महिलाहरूसँग सल्लाह गरिन् । उनीहरूले आफूसँगै मिलेर समूह बनाए सहकारीले ऋण दिने प्रक्रियाको बारेमा सुनाए । उनलाई त्यो सहज लाग्यो, नलागोस् पनि कसरी ? बैङ्कमा धितो राखेर ऋण लिनसक्ने उनीहरूको अवस्था थिएन ।

बालकुमारी समूहमा प्रवेश गरिन् । फागुन महिनामा सहकारीले उनलाई समूह जमानतमा ७४ हजार हाराहारी ऋण दियो । तर, ७५ हजारमा सही गरायो । उनले त्यो पैसा ल्याएर पुराना जस्ता खरिद गरिन् ।

केही बाँस पनि किनिन् । केही ऋण थियो, त्यो तिरिन् । बाँसका भाटाले चेपेर भएपनि दुई कोठाको चिटिक्क परेको घर तयार भयो । छोराछोरीको हेरचाह गरेर उब्रेको समय उनी खोलामा श्रीमानलाई सघाउन जाने गरेकी थिइन् ।

सहकारीबाट पैसा निकालेको केही समयमा प्रशासनले निषेधाज्ञा लगायो । सहकारीले पनि मासिक किस्ता उठाउन सकेन । उनीहरूले सहकारीबाट निकालेको पैसा खर्च गरिसकेका थिए ।

यसबीचमा श्रीमान घैलाडुब्बामा कमाउन गए । उताबाट पैसा आउने कुरामा दर्जी परिवार ढुक्क थियो । मौसममा प्रतिकूलता थपियो, लगातार पानी पर्न थाल्यो । ललितले उता पनि काम गर्न पाएनन् । काम नपाएपछि पैसा पनि भएन ।

कोरोना सङ्क्रमणको दर अलि घटेपछि सहकारीले आइतबार ‘समूह बस्ने’ भन्ने सुचना गर्‍यो । श्रीमती बालकुमारीले सहकारीको सूचना सुनिन् । नियमित किस्ता तिर्नुपर्ने कुराको उनी जानकार थिइन् ।

आइतबार साँझ श्रीमान ललितलाई फोन गरेर सोमबारको किस्ता रहेको सुनाइन् । त्यतिमात्र भन्न के पाएकी थिइन् , उनको मोबाइलमा ब्यालेन्स सकियो । अरू कुरा बोल्न पाइनन् । त्यसको तीन घण्टापछि उनको मोबाइलमा फोन आयो । फोनमा बोल्ने अरू कोही नभएर उनका श्रीमानसँगै काम गर्न गएका गाउँका एक युवा थिए ।

फोन गर्नेले भन्यो–‘ललितले आफू सुत्ने कोठामा झु, x ण्डि, xए, x र आ, x त्म, x ह, x त्या गर्‍यो ।’उनले फोन गर्ने गाउँका भाइको कुरा पत्याइनन् । फोन गर्नका लागि छिमेकीको घरमा गइन् । र, ब्यालेन्स भएको अर्काे मोबाइलबाट अर्काे एक जनालाई फोन गरिन् ।

उसले पनि त्यही कुरा दोहोर्‍याएपछि उनले भर्खर न,पत्याएको घ,टना पत्याउन विवस भइन् । प्रहरीले आइतबार राति लासको मुचुल्का उठाएर सोमबार पो,ष्टमार्टम गरी अ,न्ते,ष्टिका लागि परिवारलाई जिम्मा दिएको छ ।

सहकारीबाट लिएको ऋण तिर्न नसक्ने अवस्थाका कारण ललितले आ, x त्म, x ह,l x त्या नै गरे । तर अब उनकी श्रीमती बालकुमारीमाथि ऋणको त्यो भा,र थपिएको छ ।साथै उनका नाबालक दुई सन्तानको रेखदेखको जिम्मेवारीसमेत अब बालकुमारीले निर्वाह गर्नुपर्ने छ । कोरोना सङ्क्रमणको विषम अवस्थामा सहकारी लघुवित्तमार्फत प्रदान गरेको ऋण तिर्न ताकेता गर्दा ललितले आ, x त्म, x ह, x त्या गरेको परिवारको आरोप छ ।

‘आम्दानी हुने कुनै काम गर्न नसकेपछि ऋण कसरी तिर्नु र ?’, बालकुमारीले भनिन्–‘ऋण धेर पनि होइन, के सोचेर उहाँले त्यस्तो ग,लत नि,र्णय लिनुभयो, अब हामी बेसहारा भयौँ ।’

प्रतिक्रिया दिनुहोस