त्रिभुवन विश्वविधालयका सह-प्राध्यापक चढेको कार दुर्घटना,भण्डारीको मृत्यु

त्रिभुवन विश्वबिद्यालयका सह प्राध्यापक डा शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई भण्डारीको रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिचन्द्र क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख सहप्रा. ५२ वर्षका भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थामा रहेको कल्भर्टबाट खसेको थियो । दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवल अवस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । आज साझ करिब साढे ८ बजे भएको सो सवारी दुर्घटनामा परेका थानेश्वरको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस