यी हुन् कोरोनाका ५ सबैभन्दा खतरनाक लक्षण, देखिए तुरुन्तै जानुहोस् अस्पताल !

कोरोना भाइरसका दोस्रो लहर बृद्धि भइरहेको छ । नयाँ भेरियन्ट सबैको लागि घातक सावित भइरहेको छ । डाक्टरहरुका अनुसार नयाँ भेरियन्ट संक्रामक मात्रै नभई गम्भीर खालको छ । नेपालमा एक लाख बढी संक्रमित होम आइसोलेसनमा बसेका छन् ।

थोरै बिरामीहरु मात्रै संस्थागत आइसोलेसनमा रहेका छन् । गम्भीर समस्या देखिएका बिरामीहरुको भेन्टिलेटर र आइसियुमा भइरहेको छ । गम्भीर भइसकेपछि अस्पताल जाँदा धेरै विरामीहरूले ज्यान गुमाउनु परेको डाक्टरहरूले बताउदै आएका छन् । यी समस्या देखिन साथ तुरुन्तै अस्पताल जान सुझाव दिइन्छ । हेर्नुस्

सास फेर्न समस्या

सासको कमी वा छाती दुख्ने संक्रमणको बढ्दो जोखिमको संकेत हो। कोरोना भाइरस एक श्वासप्रश्वासको संक्रमण हो र यो भाइरसले हाम्रो ‘माथिल्लो भागमा’ स्वस्थ कोशिकालाई आक्रमण गर्दछ। नतिजा स्वरूप, बिरामीलाई सास फेर्न गाह्रो हुन थाल्छ । यसले बिरामीको स्वास्थ्य अवस्था जटिल बनाउछ । यस्तो भएमा तुरुन्तै डाक्टरको सम्पर्कमा जान सुझाव दिइन्छ ।

अक्सिजन लेभल

कोरोना संक्रमित हुँदा यसले शरीरको अक्सिजन स्तरमा पनि नराम्रो असर पार्छ। वास्तवमा, जब कोरोना पोजेटिभ हुन्छ, तब मानव फोक्सोको एयर ब्यागमा तरल पदार्थ भरिन्छ । र शरीरमा अक्सिजनको लेभल कमि हुन्छ । यदी यस्तो समस्या देखिएमा बिरामीलाई तुरुन्त अस्पतालमा भर्ना गरिनु पर्छ।

बेहोस हुनु वा स्नायू प्रणालमिा समस्या

कोभिड १९ बिरामीको स्नायू प्रणालीमा पनि प्रभाव पारेको देखिने गरेको पाइएको बताइएको छ । यसकारण बिरामीमा कन्फ्यूजन, आलस्यता, बैचनी र बेहोस हुने जस्ता समस्या हुन्छ । विज्ञका अनुसार यदि कुनै विरामीलाई सानो र सजिलो काम गर्न गाह्रो भइरहेको छ वा एक वाक्य बोल्न पनि समस्या भइरहेको छ भने ऊ तुरुन्त अस्पतालमा जानु पर्छ।

छाती दुख्नु

छातीमा हुने कुनै पनि प्रकारको दुखाइलाई वेवास्ता नगर्नुहोस्। कोभिड १९ का धेरै केसहरूमा फोक्सोको म्यूकोसल लाइनिङ्ग आक्रमण गर्दछ। तसर्थ, बिरामीले छातीको यस भागमा दुखाइ र जलन महसुस गर्न थाल्छ। यदि तपाईं यस्तो समस्या महसुस गर्नुहुन्छ भने, तपाईं तुरून्त अस्पताल जानु पर्छ।

ओठमा निलोपन

धेरै मानिसहरुका ओठहरु र अनुहारमा निलोपन हुन्छ जब उनीहरु कोरोना पोजेटिभ हुन्छन्। यो शरीरमा प्रभावित अक्सिजन स्तरको संकेत हो, जसलाई चिकित्सा भाषामा हाइपोक्सिया भनिन्छ। इपोक्सियामा हाम्रो टिश्यूहरूले पर्याप्त अक्सिजन पाउँदैनन्, जसको कारण शरीर राम्रोसँग काम गर्न सक्षम छैन।

सामान्य लक्षणहरू

ज्वरो, खोकी, घाँटी दुख्नु, रुघा लाग्नु, पखाला, घाँटी दुखाइ, बहेको नाक, शरीर दुख्नु, जोर्नी दुख्नु कोरोनाको सामान्य लक्षण हो । यस्तो समस्या देखिएमा होम आइसोलेसनमा बस्न सल्लाह दिइन्छ तर यी लक्षणहरुले नै बिरामीलाई गम्भीर बनाएको अवस्थामा तपाईले चिकित्सकलाई तुरुन्त सम्पर्क गर्नुपर्दछ।

यदि तपाईंलाई कोरोना संक्रमण भएको छ भने, होम आइसोलेसनमा वा एकान्तबास बस्नुहोस् । बच्चाहरू, वृद्ध वा घरमा कुनै गम्भीर रोगबाट पीडित व्यक्तिसँग सम्पर्कमा नजानुहोस् ।

कसरी आफ्नो स्याहार गर्ने ?

स्वास्थ्य विशेषज्ञहरू भन्छन् कि यदि तपाईं संक्रमित व्यक्तिसँग ६ फिट भन्दा कमको दूरीमा १५ मिनेट जति सम्पर्कमा रहनुभयो भने तपाईं यस रोगको शिकारमा पर्न सक्नुहुन्छ। संक्रमित व्यक्तिबाट टाढा रहनुहोस् र बाहिर जानु अघि मास्क लगाउनुहोस्, र बाहिर आइसकेपछि हात राम्रोसँग सफाइ गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस