मेस्सी बार्सिलोनासँगको सम्झौताबाट मुक्त

काठमाडौं, असार १७ गते । विश्वकै सबैभन्दा महानमध्येका एक फुटबलर लियोनल मेस्सी अनुबन्धनबाट मुक्त हुनुभएको छ । बार्सिलोनासँगको उहाँको आबद्धता सम्झौताको म्याद मध्य रातिबाट सम्पन्न भएको छ । गएको सिजन सुरु हुनुभन्दा अघि बार्सिलोना छोड्ने निर्णयमा पुग्नुभएका मेस्सीले सम्झौता तोड्ने प्रयास गर्दैगर्दै नाउ क्याम्प छोड्न पाउनुभएको थिएन ।

अर्जेन्टाइन सुपरस्टार मेस्सीको आबद्धता म्याद गए राति सकिदा नयाँ सम्झौता वा बार्सिलोनासँगकै सम्झौता बिस्तार भएको छैन् । स्पेनिस फुटबल लेखक गुइलेम बलागका अनुसार बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लपोर्टेले मेस्सीलाई क्लबमा राख्न प्रमुख प्राथमिकतामा दिनुभएको छ ।

लपोर्टेले आबद्धता लम्ब्याउन मेस्सीका बुवा जोर्गे मेस्सीसँग प्रत्यक्ष सम्पर्कमा समेत हुनुहुन्छ । मेस्सीलाई बार्सिलोनामा टिकाउन क्लबले ला लिगाको ‘सिलिङ’ बमोजिम २० करोड यूरोले आफ्नो खर्च कटौती गर्नुपर्नेछ ।

मेस्सीलाई भित्र्याउन अन्य क्लबले समेत चासो राख्दै आएको छ । पेरिस सैन्ट जर्माइन र म्यान्चेष्टर सिटीले समेत मेस्सीबाट संकेत कुरेको छ । ३४ वर्षीय मेस्सी भने हाल ब्राजिलमा कोपा अमेरिका खेल्न ब्यस्त हुनुहुन्छ । उहाँले १४८ औं अन्तर्राष्ट्रिय फुटबल खेल्दै अर्जेन्टिनाका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय फुटबल खेल्ने फुटबलर बन्नुभएको छ । बोलिभिया बिरुद्ध गत् मंगलबार भएको खेलमा अर्जेन्टिनाले ४–१ को जित हात पार्दा मेस्सीले दुई गोल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस