बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौतेलाको लेहेंगा र गहनाको मूल्य सॉच न नसक्ने!!

बलिउडकी चर्चित अभिनेत्री हुन् उर्वशी रौतेला । धेरैजसो नयाँ फिल्म, प्रेमसम्बन्ध र फिल्ममा लिएको पारिश्रमिकका कारण चर्चामा आइरहने उर्बशी पछिल्लो समय फरक कारणबाट चर्चामा छिन् ।

अन्तर्राष्ट्रिय फिल्ममा समेत काम गरेकी उर्वशी अहिले आफ्नो आर्कषक लुक्सका कारण चर्चामा छिन् । उनी बाहिर निस्कदा आफुलाई आकर्षक बनाउछिन् । तर केही दिनअघिको उनको एक लुक्स धेरै नै चर्चामा छन् । उनी एक विवाहमा जाँदा निकै महँगो पहिरनमा गइन् ।

त्यति मात्र होइन उनको लुक्स नै निकै महँगो थियो । भारतिय मिडियाका अनुसार उनको लुक्स नै ६२ लाखको थियो । उनी विवाहमा ग्रीन कलरको राजस्थानी बन्धनी लेहंगामा पुगेकी थिइन् । उनको त्यो लुक्स देखेर विवाहका सबैको ध्यान उनीतर्फ नै भयो ।

उनले ग्रीन कलरको लेहंगामा सुहाउदो गहना लगाएकी थिइन् । उनको मेकअब पनि ठिक्क थियो । जसले उनी धेरै नै सुन्दर देखिएकी थिइन् । उनले विवाहमा लगाएको लेहंगाको मुल्य ४ लाख र गहनाको मुल्य ५८ लाख रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस