फुकायो जर्मनीले नेपाल सहित विभिन्न तीन देशमा लगाएको रोक

काठमाडौं । कोरोना महामारीका कारण नेपाल सहितका दुई मुलुकलाई जर्मनी प्रवेशमा लगाईएको रोक फुकुवा गरिएको छ । आउने बुधवार देखि लागेको रोक फुकुवा हुन लागेको हो ।
यो नियम बेलायत, पोर्चुगल र रुसलाई पनि लागु हुने भएको छ ।

कोरोना खोपको सम्पूर्ण डोज पुरा भएका मानिसहरु बने जर्मनी पुगेर क्वारेन्टाईन नबस्नु पर्ने व्यवस्था जर्मनीले गरेको छ । कोरोनाको डेल्टा भेरिएन्ट फैलिएको बताउँदै जर्मनीले नेपालसहितका मुुलुकलाई यात्रा प्रतिबन्ध लगाएको थियो । पोर्चुगल र बेलायतका लगायतका मुलुकले पनि अहिलेसम्म नेपाललाई लगाएको रोक कायमै राखेका छन् ।जर्मनीले रोकलाई फुकुवा गरेतापनी अझैसम्म नेपाल लगायतका विभिन्न मुलुकलाई उच्च संक्रमित भएको देशका रुपमा राखेको छ।

यो पनि पढ्नुहोस्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगको कार्यालय पुगेका छन् । निर्वाचन आयोगले छलफलका लागि (जसपा) का दुवै पक्षलाई आज बोलाएको थियो। अहिले आयोगमा महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी पुगेका छन् भने उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव गएका छन्। बाबुराम भट्टराईलगायत अन्य नेता पनि आयोग पुग्नेक्रममा छन्।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो।

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन्। ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका छन्।

ठाकुरले भने आफू प्रथम अध्यक्ष भएको दाबी गर्दै कार्यकारिणीको व्यापक हेरफेर गरेर आफ्नो पक्षमा बहुमत पुर्‍याएको दाबी गरेका छन्। आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा निवेदन दिएको छ।

प्रतिक्रिया दिनुहोस