इतिहासमै पहिलो पटक यतिधेरैले सुनको मूल्य बढ्यो , बजारमा सुन बेच्नेहरुको घुइचो

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नु होस:- अवतरण गर्ने क्रममा रहेको २९ जना यात्रु सवार विमान अचानक हरायो, खोजी कार्य जारी
एजेन्सी । अवतरणकै क्रममा रहेको एक जहाज हराएपछि अहिले खोजी थालिएको छ । २९ यात्रु सवार एउटा रुसी विमान मंगलबार हराएको हो । समाचार संस्था टासका अनुसार कामचत्का पेनिनसुला क्षेत्रबाट एएन–२६ विमान सम्पर्कविहीन भएको हो। अवतरणका क्रममा सो विमान राडारको सम्पर्कबाट बाहिर गएको बताइएको छ।

हाल सो विमानको खोजी गर्न सो क्षेत्रमा सरकारी अधिकारीले विशेष टोली खटाएको छ। विमान बेपत्ता भएकाले त्यसको अवस्था अज्ञात छ। आइतबार मात्र फिलिपिन्समा एउटा सैन्य विमान दुर्घटनामा पर्दा ५० जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।

रुसको आपतकालीन मन्त्रालयका अनुसार बोर्डमा एक बच्चा सहित कुल २३ जना यात्रु थिए। साथै विमानमा कूल २९ सदस्यहरू छन् । अहिलेसम्म दिइएका जानकारीका अनुसार रूसको सुदूर पूर्वी क्षेत्रमा आइपुगेदेखि उक्त विमान सम्पर्कमा रहेको छैन।

 

प्रतिक्रिया दिनुहोस