गरिमा पन्त : रिलमा शालिन, रियल जीवनमा यस्ती! उनको पहिरन हेर्दा दर्शकको होस उड्छ,गरिमाको मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..( तस्बिर सहित)

काठमाडौं । कतिपय अभिनेत्री रिल जीवनमा देखिने र रियल जीवनमा सामान्य हुन्छन् । रिलमा कथाले मागेपछि दृश्य दिनुपर्ने उनीहरूको तर्क रहन्छ । तर ठिक उल्टो ।

रिल जीवनमा शालिन देखिने अभिनेत्री गरिमा पन्त भने रियल जीवनमा यस्ती र विन्दाम मुडमा युरोप भ्रमणमा छिन् । बेल्जियमवासी हरि शर्मा थपलियासँग केही समयअघि विवाह गरेकी गरिमा कतै टु पिस त कतिपय ठाउँमा यस्ती अन्दाजमा देखिने गरेकी छन् । उनले आफ्ना तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

पछिल्लो पटक चलचित्र झोलाबाट अत्याधिक चर्चामा आएकी गरिमा अब सिनेमा क्षेत्रमा फर्कन्छीन वा फर्किनन् ? त्यो यसै भन्न सक्ने अवस्था छैन ।नेपाली फिल्मकी सुन्दर र भलाद्मी नायिकाको रुपमा चिनिने गरिमा पन्त बेल्जियम बस्न थालेको झण्डै एक बर्ष बढी भैसकेको छ ।

झोला बाहेकका अन्य फिल्महरुले करिअर चम्काउनुको साट्टो झन फुर्सद बनाउन थालेपछि उनले बेल्जियमका धनाड्य नेपाली यूवक हरि शर्मासँग विवाह गरिन् । गरिमा हरि शर्माकी दोस्रो श्रीमती हुन् । एक्कासी बेल्जियममा गरिमाले हरि शर्मासँग विवाह गरेको खबर बाहिरिँदा उनका प्रशंसकहरु एकपटक त दंगै परेका थिए तर फिल्म करिअर ओरालो लाग्न थालेपछि सायद गरिमाले यसको विकल्प भेटिनन् । उनी अभिनित फिल्म तीन घुम्ती गएको बर्ष रिलिज भएको थियो ।

तीन घुम्ती ले घरेलू बजारबाट राम्रै पैसा छापेको भए सायद उनको माग पुनः बढ्नेमा शंका थिएन तर त्यो हुनबाट चुक्यो ।कृष्ण धारावासीको चर्चित पुस्तक झोला माथी आधारित भएर निर्माण भएको फिल्म झोलाबाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले विवाहपछि पतिदेवसँग मिलेर बेल्जियममा गरी सुमी नामको एक रेस्टुराँ समेत खोलेकी छिन् । यसैवर्ष नेपाल आएर बेल्जियम फर्किसकेकी गरिमालाई अधिकांश फिल्ममा सोझी यूवतीको भूमिकामा दर्शकहरुले देखे ।

उनले फिल्ममा आफ्नो छवि कहिँले धमिलो बनाइनन् न त उनका कुनै खबरहरु नै बाहिर आए । पर्दामा सधै सारी चोलो वा कुर्था सुरवालमा देखिएकी गरिमाको शरीरबाट अहिले यी सबै पहिरन हराएका छन् । अहिले उनको पहिरन हेर्दा दर्शकको होस उड्छ । विवाहपछि पहिरनमा खुलेकी गरिमाको शरीरमा अहिले वान पिसले समेत ठाउँ पाउन थालेका छन् ।

हालैमा उनले आफ्नो इन्स्टाग्राममा बल्जियमको समुन्द्री तटहटमा खिचिएका केही हट तश्वीरहरु शेयर गरेकी छिन्, जसले फिल्म झोलाकी सोझी गरिमा पन्त विर्साउँछ । उनका यी तश्वीबाट यो भन्न सायद गलत नहोला कि गरिमाले बिहेपछि आफ्नो शरीरबाट साडी चोलीलाई अलआउट गरेकी छिन् ।

सुन्दर मेरो नाम, पराई, सासु नन्द भाउजु, मनले मनलाई छुन्छ, ठूली, सासु ससुरा, फूल, प्रितिको फूल, भैहाल्छ नी, जीवन मृत्यु लगायतका दुई दर्जन फिल्ममा काम गरिसकेकी गरिमाले फिल्म झोला रिलिजपछि आफ्नो पारिश्रमिक चर्को बनाएको खबर पनि बाहिर आएको थियो । बेल्जियमबाट फिल्मीखबर डटकमसँग कुराकानी गर्दै गरिमाले एकवर्ष भित्रमा नेपाल फर्किएर अभिनयलाई निरन्तरता दिने बताएकी थिइन हेरौ उनका केहि सुन्दर तस्बिरहरु।

प्रतिक्रिया दिनुहोस